logo

पर्सामा सुरक्षाकर्मी र पत्रकार सहित थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/3/2020 गते 00 00 मा प्रकाशित     950   पटक पढिएको

पर्सामा नेपाली सेना ,नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालले आइतवार राती सार्वजनीक गरेको रिपोर्टमा ७३ जना संक्रमीत भएको पुष्टि भएको हो ।

 

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताउनु भएको छ  ।


आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका ब्यक्तिहरु हुन  । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिनु भयो  ।

संक्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको मेसु उपाध्यायले जानकारी दिनु भयो  ।

  
पछिल्लो समय टोल टोल मै मास टेष्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताउनु भयो  ।

 

नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षिय बालिका र ८ जना महिला सहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।

आइतबार मात्रै यसैवडामा २७ जना संक्रमित थपिएका थिए । आज सार्वजनीक रिपोर्ट अनुसार  संक्रमित मध्ये वीरगंज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा र गोश्वरा रोड टोलका ७ जना, श्रीपुर वडा नम्बर १२ का ३ जना, घडिअर्वा वडा नम्बर १० का २ जना, सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर ४ का २ जना, भिष्वा वडा नम्बर १५, वडा नम्बर ४ विर्ता, वडा नम्बर १५ भिष्वा, वडा नम्बर ८ पानगलि, वडा नम्बर १३ राधेमाइ, वडा नम्बर ६ गहवा, मुर्लि बगैंचा, सेढवा वडा नम्बर २, ग्रामीण भेगका टिहुकि, भारतको पुर्वी चम्पारण सोतवरीया गरि एक एकजना संक्रमित थपिएका छन् ।

विहान फेला परेका कोरोना पोजेटिभ साउन ८ गते र १२, देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको श्वाब परिक्षण मध्येका रहेको नारायणी अस्पतालले जनाएको छ।

पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको डा.उपाध्यायले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.