logo

बीरगंजमा मृत्यु पश्चात एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/1/2020 गते 00 00 मा प्रकाशित     1060   पटक पढिएको

वीरगंजको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा उपचार गराईरहनु भएकी  वीरगंज १६, नगावा घर भएकी ५० वर्षिया महिलाको उपचारको क्रममा हिजो (शुक्रवार)बिहान सवा दश बजे मृत्यु भएको थियो । 

शुक्रवार नारायणी अस्पतालको प्रयोगशालाले राती ११ बजे दिएको रिपोर्ट अनुसार ति महिलामा पनि कोरोना भाइरसको संक्रमण पपुष्टि भएको हो ।

 

वीरगंज १६, नगावा घर भएकी महिला निमोनिया उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियो। शुक्रवार विहानदेखि उहाँको स्वास प्रस्वासमा समस्या देखिएको हो। मृत्यु अघि कोरोना भाइरसको परिक्षणकोलागि उहाँको स्वाब संकलन गरिएको थियो । 


पिसिआर ल्याबको राति ११ बजे आएको रिपोर्टमा ३ महिलासहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।  तीन महिला मध्य एक मृतक महिलाको रिपोट पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय जानकारी दिनु भयो  ।

मृतक महिलाको शव हालसम्म गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका बिष्णु पटेलले जानकारी दिनु भयो।

 

वयाेधा अस्पताकाे आइसियु कक्षमा उपचाररत एक महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज १६ नागरवा कै ५५ बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ । ति महिलालाई गण्डक काेभिड अस्पतालमा सार्ने तयारी भइरहेकाे अस्पतालले जनाएकाे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.