logo

चिकित्सक सहित ५३ जनामा कोरोना संक्रमणको पुष्टि

      7/30/2020 गते 00 00 मा प्रकाशित     768   पटक पढिएको

नारायणी अस्पतालमा रहेको प्रयोगशालामा भएको पछिल्लो परिक्षणबाट ५३ जना संक्रमीत भएको बुधवार राती आएको रिपोर्टले पुष्टि गरेको छ । 

 नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

वीरगञ्जस्थित आर्मी क्याम्पका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि  गत मंगलवार आएको रिपोर्टमा नेपाली सेनाका १ जना जवानमा संक्रमण देखिएको थियो ।


११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको डा.निरज सिंहले बताउनु भयो ।

 अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

त्यसैगरी वीरगञ्जको श्रीसिया, वीरगञ्ज–१२ मुर्ली , वीरगञ्ज– ५ रेशमकोठी,   वीरगञ्ज–८ पानीट्याङकी  वीरगञ्ज–१ छपकैयाका  वीरगञ्ज– १० घडिअर्वा  वीरगञ्ज–२ छपकैया वीरगञ्ज–१३ राधेमाई , वीरगञ्ज–२३ प्रसौनीविर्ता , वीरगञ्ज–४ विर्ता  वीरगञ्ज– ३ छपकैया वीरगञ्ज–१५ ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएका हो  ।

त्यस्तै वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी , छिपहरमाई–२ टिहुकी  जगरनाथपुरका ,पटेर्वासुगौली गाउँपालिका ५ का पनि संक्रमीत हुनेमा परेका छन । 

बाराको जीतपुर हेल्थ पोष्टमा कार्यरत २ स्वास्थ्यकर्मी र बाराको कलैया १ का एक जनामा पनि कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.