logo

पर्सामा कोरोनाको जोखिम बढ्दै, दुईजना चिकित्सक सहित १७ जना नयाँ संक्रमित, लकडाउनको तयारी

      7/23/2020 गते 00 00 मा प्रकाशित     985   पटक पढिएको

पर्सा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । दैनिक जसो कोरोनाको संक्रमितहरु थपिदै गएपछि पर्सा जिल्ला फेरी कोरोनाको उच्च जोखिमममा परेको हो । गएराति मात्र थप १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

२ डाक्टर, २ उपचाररत विरामी लगायत थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । संक्रमितहरुमध्ये १३ जना पुरूष र ४ जना महिला (१५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका) छन् । उहाँहरू सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो । अधिकांश यात्रा इतिहास नभएका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

देशभरी कोरोना संक्रमण घटेको नभई परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको उहाँको भनाईछ । आपैmले पैसा तिरेर कोरोनाको परीक्षण शुरू नगरेसम्म पर्सामा पनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्थामा पर्सामा सःशुल्क परीक्षण शुरु भएसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोनाको संक्रमित थपिन थालेको उहाँले बताउनुभयो ।

यस्तो विषम परिस्थितिमा विद्यमान रहेकै अवस्थामा लकडाउनको अन्त्यसँगै सबैतिर भिडभाड हुनुले ठूलो खतरा निम्त्याइरहेको पनि उहाँले बताउनुभयो । अहिले लक्षण सहितको संक्रमण देखा परेकोले निकै चिन्ताको विषय रहेको र चाडै जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक बसेर आवश्यक कदम चाल्न निर्णय गर्नुपर्ने आवश्यकता देखिएको र त्यसको लागि बैठक बस्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.