logo

वीरगन्ज महानगरको पीसीआर मेशिन आइपुग्यो, महानगरको अभियान सफल

      6/20/2020 गते 00 00 मा प्रकाशित     3245   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले खरिद गरेको कोरोना परीक्षण गर्ने पिसीआर मेशिन वीरगन्ज आईपुगेको छ । वीरगन्जका उद्योगी व्यवसायी र विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा महानगरपालिकाले आफैले खरिद गरेको पीसीआर मेशिन हिजो साँझ वीरगन्ज महानगरपालिकामा आईपुगेको हो । वीरगन्ज आईपुगेको मेशिन हिजै नारायणी अस्पतालमा पठाईएको छ ।

आज अपरान्ह चार बजे औपचारिक रुपमा हस्तान्तरण पछि अस्पतालमा मेशिन जडान गरिने वीरगन्ज महानगरपालिकाले जनाएको छ । मेशिनमा जडान हुने विभिन्न आठ किसिमको उपकरणहरु हिजो साँझ नै नारायणी अस्पतालमा पठाईएको छ । मेशिन औपचारिक रुपमा हस्तान्तरण भएपछि आजदेखि जडान शुरु गरिनेछ ।

वीरगन्जको राणीसति धर्मशालामा अपरान्ह चारबजे मुख्यमन्त्री लालबाबु राउतको हातबाट हस्तान्तरण गराईने मेयरका प्रेस सल्लाहाकार गोविन्द देवकोटाले जानकारी दिनुभयो । मेशिन जडान भएपछि तत्कालै परीक्षण पनि शुरु गरिने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताउनुभयो ।

सम्पूर्ण पर्सावासीको साथ र सहयोगबाट पीसीआर मेशिन खरिद गर्न सफल भएको र यसले परीक्षणको दायरा बढाई वीरगन्ज सहित पर्सालाई नै ग्रिनजोनमा ल्याउने बताउनुभयो । विभिन्न बाधा अवरोधकाबीच पनि वीरगन्जका उद्योगी व्यवसायी, पर्सेली जनताको साथ र सहयोगले महानगरपालिका आफैले अब कोरोना परीक्षण गर्ने र नागरिक स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार भूमिका निर्वाह हुने पनि उहाँले बताउनुभयो ।

राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आपूmले कोरोना भाईरस महामारी विरुद्ध लडेको बताउदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.