logo

कोरोना संक्रमणको बिरुद्ध फ्रण्टलाईनमा खटने प्रदेश २ का १३ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

      5/29/2020 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणकोलागि अग्रपंक्तिमा कार्यरत प्रहरी पनि संक्रमणको चपेटामा परेका छन ।

 

सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा  कोरोना संक्रमण पुष्टि भएको छ ।


यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो ।

जारी लकडाउनलाई पालना गराउन र संक्रमण फैेलिन नदिन क्रियाशिल प्रहरी आफै संक्रमीत हुन थालेका छन । बारा जिल्लामा मात्रै सात जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको  छ । 


जनताले सबै भन्दा पहिला आलोचना गर्ने संगठनमा पर्छ प्रहरी संगठन । प्रहरी आफना लागि त होइन नागरिक रक्षाकोलागि खटदा खट्दै आफै संक्रमती हुन पुगेको छ । 

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ । सप्तरी, सिरहा र धनुषामा दुईदुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.