logo

रोग पालेर बाँच्न बाध्य गरिब बिरामीलाई राहत , सेती अञ्चल अस्पतालले शुरु गर्यो ओपीडी सेवा

      5/13/2020 गते 00 00 मा प्रकाशित     978   पटक पढिएको


बीरगंज १ जेठ

कोरोना मुक्त बनेको सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सञ्चालन भएसँगै स्वास्थ्य चेकजाँच गर्न आउने विरामीको संख्या बढेको छ।

मंगलबार देखी शुरु भएको ओपिडी सेवा लिन दुई दिनमा ४ सय बढी बिरामी आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेका अनुसार लकडाउन अघि भने दैनिक ७ सय बढी मानिसले उपचार सेवा लिँदै आएका थिए।

 

ओपिडी सेवा सुचारु भएसँ‌गै विरामीलाई पूर्ण सुरक्षित तवरले उपचार सेवा दिने गरेको मेडिकल सुपरिटेण्डेण्ट पाण्डले बताउनु भयो । ‘उपचारमा आउने विरामीलाई सामाजिक दूरी कायम गर्दै लाइनमा राख्ने गरेका छौं’ मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले भन्नुभयो , ‘स्वास्थ्यकर्मीको सुरक्षा र विरामीको स्वास्थयलाई पनि राम्रोसँग ख्याल गरेका छौं।’

 

यस अघि कोरोना संक्रमित विरामीको उपचार गरेको भवनमा भने कुनैपनि विरामीको उपचार नगरिने उहाँले बताउनु भयो । 
सुदूरपश्चिम प्रदेशमा पछिल्लो १ महिनासम्म नयाँ कोरोना संक्रमित विरामी नदेखिएको र पुराना विरामी उपचारपछि घर फर्किसकेको अवस्थामा मंगलबारदेखी ओपिडी सेवा सुचारु गर्ने निर्णय गरिएको थियो। चैत २९ गते कैलालीको लम्कीकी एक जना महिला अन्तिम कोरोनाको विरामीको रुपमा देखापरेकी थिइन्।

 

चैत ११ गतेदेखी बन्द गरिएको ओपिडी सेवा अव फेरी बन्द हुने अवस्था  छैन । किन भने सुदुर पश्चिम  सरकारले छुट्टै ५० शैय्याको कोरोना  अस्पताल निर्माण गरेको छ ।  

 

निजीको खर्च थेग्न खर्च थेग्न सकिदैन 


मंगलबारदेखी सेती प्रादेशिक अस्पतालमा ओपिडि सेवा सुचारु भएसँगै जोखिम मोलेर विरामी उपचारका लागि आउने गरेका छन्।

 

यसरी सेतीमा उपचार गराउन आउने विरामीले निजी अस्पतालको सेवा शुल्क तिर्न नसकेका कारण बाध्य भएर सेती अस्पतालमा उपचार गराउन आउनु परेको प्रतिक्रिया दिएका छन्।

 

ढाड दुख्ने समस्याबाट ग्रसित बनेकी धनगढी–८ की ३८ वर्षीया मिथिला भण्डारीले निजी अस्पतालको महंगिका कारण लामो समयसम्म रोग पालेर बस्न बध्य भएको बताउनु भयो ।

 

‘सेती अस्पतालमा ओपिडी सेवा बन्द हुँदै मैले रोग पालेर बस्नु पर्ने बाध्यता थियो,’ उहाँले भन्नु भयो ,‘निजी अस्पतालमा जान मसंग आर्थिक समस्या थियो।’

नेपालमा कोरोना संक्रमण देखापरेपछि निजी अस्पताल संघले निजी अस्पतालमा उपचार गराउँन आउने विरामीलाई औषधी बाहेकको सेवामा २० प्रतिशत सम्म छुट दिने घोषणा गरेको थियो । तर त्यो घोषणा त कता हो कता सेवा शुल्क नै यतिलिन थालेकी बिरामीहरु रोग पालेर बाँच्न बाध्य भएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.