logo

चिकित्सकलाई सेतो ज्याकेट,ज्याकेट भएपछि दूर्ब्यवहारबाट जोगिन्छौः डा.सिह

      4/29/2020 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

बीरगंज १७ बैशाख ।

नेपाल औषधि उत्पादक संघको सहयोगमा नेपाल चिकित्सक संघले चिकित्सकहरुकालागि ज्याकेटको ब्यवस्था गरेको छ । संघको केन्द्रीय समितिले बीरगंज, कोरोना भाइरसको उच्च जोखिममा रहेकोले तत्कालै ३ सय थान ज्याकेट उपलब्ध गराएको छ ।

 

काठमाण्डौमा लकडाउन पालना गराउने क्रममा प्रहरीले चिकित्सकलाई नै लाठीचार्ज गरेको पृष्ठभूमीमा ज्याकेटले केही मात्रमा चिकित्सकलाई सुरक्षिती गर्ने संघका केन्द्रीय सचिव डा.निरज सिंहले बताउनु भयो । 


कोभिड–१९ को महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कामको लागि बाहिर निस्कदा प्रहरी प्रशासनबाट दूर्ब्यवहारखेप्नु पर्ने अवस्थालाई मध्यनजगर गर्दै  ज्याकेट प्रदान गरिएको जनाईएको छ ।चिकित्सकहरुको सुरक्षाकोलागि सेतो रंगको ज्याकेट संघको केन्द्रीय समितिले तय गरेको बताइएको छ । 


यसले कोरोना बिरुद्ध अग्रमोर्चामा रहेका चिकित्सकहरुलाई सबैले टाढैबाट चिन्ने र उपचारकालागि उचित वतावरण बनाउनमा समेत सहयोग पुग्ने चिकित्सकहरुले बिश्वास गरेका छन ।

 

आजै डा. सिंहले नेपाल चिकित्सक सघ नारायणी शाखाका अध्यक्ष डा.अरुण कुमार सिंह लाई उक्त ज्याकेट हस्तान्तरण गर्नु भयो । सो क्रममा डा.दिलीप चौरसिया,डा.उदयनारयाण् सिंह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.