logo

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर मेशिन बीरगंजमा, परिक्षणकालागि केही दिन लाग्ने

      4/16/2020 गते 00 00 मा प्रकाशित     1279   पटक पढिएको

बीरगंज ४ बैशाख । 
कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन )मेशिन बीरगंजमा ल्याइएको छ । बीरगंजमा स्थापना गर्न खोजिएको प्रयोगशाला मोलेकुलर प्रयोगशाला हो ।

 

यसमा चाहिने अन्य उपकरणहरुको अभाव रहेको छ । सामानहरु उपलब्ध भएर प्रयोगशाला संचालनमा ल्याउन केही दिन लाग्ने नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनु भयो । यो प्रयोगशालाको स्थापना पछि पिसीआर टेष्ट संख्या निकै बढ्छ । २ घण्टामा २० जनाको थ्रोट स्वाब परिक्षण हुन सक्ने बताइएको छ । 

बीरगंजमा कोरोना भाइरसको परिक्षणकोलागि प्रदेश सकारले मंत्रीपरिषद बाट निर्णय गरेर नारायणी अस्पतालमा पसीआर मेशीन जडान गर्ने निर्णय गरेको थियो । प्रदेश सकारको पहलमा संघीय सरकारले मेशिन उपलब्ध गराएको हो ।

 

बीरगंजमा ल्याइएको मेशिन राष्ट्रिप जनस्वास्थ्य प्रयोगशालाले टेकुले पठाएको हो । यस अघि त्रिभूवन बिश्वबिद्यालयमा रहेको प्रयोगशाला रहेको मेशिन बीरगंजलाई उपलब्ध गराउने तयारी थियो । त्रिभूवन बिश्व बिद्यालयले उपलब्ध गराउन अर्समथता जनाएको हुनाले बीरगंजमा मेशिन आउन ढिलो भएको स्रोतको भनाई छ । 

मेशिन त आयो तर त्यसमा चाहिने अन्य समानहरु  सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनु भयो  ।

 

उहाँले मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको बताउनु भयो । मेशिन संग प्रयोगशाला स्थापनाकालागि दक्ष जनशक्ति पनि बीरगंजमा आएको छ । 

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने डा. उपाध्यायले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.