logo

छुट्टै कोरोना अस्पतालकालागि सम्भाब्यता अध्ययन शुरु

      4/7/2020 गते 00 00 मा प्रकाशित     995   पटक पढिएको

वीरगञ्ज २५ चैत ।
प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ । 
कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारकोलागि गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलगत अध्ययन गरेको हो ।

 

पूर्व स्वास्थ्यराज्य मंत्री डा. सुरेन्द्र यादवको नेतृत्वमा आएको टोलीमा विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय लगयातको सहभागिता थियो ।

 

टोलीले बीरगंज हेल्थ केयर अस्पताल,नेशनल ट्रेडिङको भवन र कृषि ज्ञान केन्द्र भवनको स्थलगत अवलोकन गरेका छ ।  प्रदेशका मुख्यमंत्री लालबाबु राउत गद्धीले सासद प्रदीप यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंग बीरगंजमा कोरोना उपचार अस्पताल बनाउने आश्वासन दिनु भएको थियो ।

 

सोही अनुरुप अध्ययनटोली आएको हो । अध्ययन टोलीले यस क्षेत्रका जनप्रतिनिधि र चिकित्सकहरुसंग समेत आवश्यक परामर्श गरेको छ । 

 

यसैवीच  सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गर्नु भएको छ  ।चौधरी फाउन्डेशनले प्रदेश नम्बर २ लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री  यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.