logo

बिज्ञले बुझाए प्रतिवेदन ,सुरक्षा सामग्रीको प्रयोगकोलागि प्रोटोकल सिफारिश

      4/5/2020 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको


जनकपुरधाम २३ चैत ।

जनकपुरधाम, चैत २३ । कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।


विज्ञ समूहका प्रतिनिधिहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोग देखी लिएर सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा देखी प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माण सहितको विषय वस्तुहरु समेटिएको छ ।


विज्ञ समूहले उपचारमा आवश्यक थप सामग्रीहरु, समान्य विरामीको जाँचमा अपनाइने उपायहरु समेत समेटर प्रतिवेदन बुझाएको छ ।


विज्ञ समूहको प्रतिवेदन बुझदै मुख्यमन्त्री राउतले प्रतिवेदनमा उल्लेख सुझावहरु सत प्रतिशत कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।


विज्ञ समूहले बुझाएको प्रतिवेदनमा पिपिई, मास्क र पंजा लगाउने बारे स्पष्ट व्यवस्था गरिएको छ। उहाँहरुले सर्वसाधारणलाई कपडाको मास्क, समान्य विरामीको जाँचमा सहभागी हुनेलाई पंजा र सर्जिकल मास्क तथा कोरोनाको स्पेशल उपचारमा संलग्न हुनेहरुलाई मात्र एन १५ मास्क तथा पिपिई प्रयोग गर्न सुझाव दिनु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.