logo

प्रदेश २ मा क्वारेन्टाइनमा थपिनेको संख्या बढ्दो

      4/3/2020 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

बीरगंज २१ चैत । 

  कोरोना भाइरस (कोभिड —१९ ) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १सय ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार  ३ सय ७१  जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ । 


धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेशनमा रहेको बताइएको छ ।  प्रदेशमा हालसम्म एकजनामा  पनि सो भाइरसको संक्रमण देखिएको छैन  । पर्सामा ३७ जना क्वारेन्टाइनमा राखिएका छन ।

 सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङकामा पहिलो पटक नौ जनाको  स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

    
    भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो ।


    
    गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब सङ्कलन गरी उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । 

 भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.