logo

अछामको एउटा गाउँ जहाँ एड्सको विगविगी

हिम्मत हारेका छैनन् सर्वसाधारणले

      11/5/2017 गते 00 00 मा प्रकाशित     1829   पटक पढिएको

आदर्श र नमुना नाम गरेका किशोर–किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ । जब कि त्यो बजार आइपुग्न चार दिन र चार रातको यात्रा तय गर्नु पर्ने विडम्बना छ ।  

गाउँका पुरुष भारतमा मजदुरी गर्न जान्छन् । यसैले अछामका विकट गाउँमा धेरैलाई एचआइभी संक्रमण छ । 
विश्व बैंकको एउटा तथ्याङ्कअनुसार काठमाडौँमा क्रियाशील यौनकर्मीभन्दा भारतबाट फर्किने नेपाली कामदारमा एचआइभी संक्रमण ८ प्रतिशतले बढी छ । 

आदर्श र नमुनाका बुबा कामका लागि भारत गएका थिए । घर फर्किँदा उनले जीवन धान्न पुग्ने पैसा ल्याउन त सकेनन्, परिवारका हरेक सदस्यको जीवन कमजोर बनाउने एचआइभी भाइरस शरीरमा बोकेर फर्किए । 
सार्पा नाम गरेका एक व्यक्ति सीतासँग विवाह गरेर कामका लागि भारत भाँसिएका थिए । उनी हरेक दुई वर्षमा घर फर्किन्थे । ५१ वर्षको उमेरमा उनी छैठौँ सन्तानको बाबु बने ।   

त्यति बेला श्रीमती सीताले सार्पाको चिउँडो अस्वभाविक रुपमा चाउरिएको देखिन् । गाउँ–गाउँमा रेडियोले एचआइभीबारे सचेतना फैलाइरहे कै थियो । लोग्ने अस्वभाविक रुपमा दुब्लाएको देखेपछि सीताले एचआइभी परीक्षण गराउने सुझाव दिइन् । नभन्दै, परीक्षण पोजेटिभ आयो । सीता र सार्पाबाट जन्मिएको दुई बच्चा आदर्श र नमुना एचआइभी पोजेटिभ भएको रिपोट केही दिनमै पत्ता लाग्यो । 

यति बेला सीता र सार्पलाई आफू एचआइभी संक्रमित भएकोमा चिन्तित थिएनन्। जति चिन्ता उनीहरुलाई आफ्नो सन्तान संक्रमित भएकोमा थियो । 

‘हाम्रो चहाना दुई सन्तानले एचआइभीको सरल उपचार पाउँन र समाजमा सम्मानित भएर जीवनयापन गर्न पाउनु भन्ने नै हो,’ दुबै भन्छन् । 

एचआइभी संक्रमितलाई नियमित औषधी सेवन गराएर सरल जीवनयापन गराउन सकिन्छ। तर, यी परिवारको सन्तानका लागि त्यो सम्भव छैन् । पहिलो त उनीहरुलाई स्वास्थ्य चौकी र्पुयाउनै कठिन छ । यसमा पनि नियमित औपधी सेवन गराउन नपाउँदा उनीहरु कमजोर भइरहेका छन् । दुई वर्षअघि छोरीलाई स्वास्थ्य चौकी लिएर जाँदा आमा भीरबाट लडिन् । भाँचिएको करङको कारण दुःखाई अझै बल्भिरहेको छ । छोरीलाई उपचार गराउन लाँदै गर्दा म भीरबाट लडेँ, करङ भाँचियो । अझै दुःखाई बल्झिने गरेको छ,’ सार्पले गुनासो गरे । 

सन्तानको मोहका कारण उनीहरु अर्थोपार्जनमा समेत लागेका छन् । ‘प्लान नेपाल’को सहयोगमा आधुनिक खेती गरेर उनीहरुले अर्थोपार्जन गरिरहेका छन् । नजिकको बारीमा उनीहरुले काउली, टमाटर करेला फलाएका छन् । 
अनार बेचेर पनि उनीहरु राम्रो आम्दानी गरिहरहेका छन् । तरकारी खेतीबाट आर्जन भएको पैसाबाट उनीहरु निकै खुशी छन् ।

‘पैसा कमाउन भारत जानुपरेको छैन् । परिवारको जीवन धान्न पुग्ने पैसा कमाएको छुँ,’ आफ्नो पौरख सुनाउँदै सार्पा भन्छन् । सार्पाले अहिले जागिर पनि पाएका छन् । ग्लोबल फन्ड नामक गैरसरकारी संस्थाले उनलाई सुरक्षित यौन सम्पर्कबारे सचेतना फैलाउने काममा खटाएको छ । सार्पा विना हिच्किचाहट आफ्नो काम गर्छन् । तर, गाउँका यूवाहरुको हप्की उनले धेरै पटक खेप्नुपरेको छ ।

‘हाम्रा श्रीमतीलाई अरुसँग यौनसम्पर्क गर्न उक्साउने । हामी नभएको बेला कण्डम किन वितरण गर्छौँ भन्छन्,’ गाउँले यूवाहरुको हप्की खाएका सार्पा भन्छन् ।
हप्कीका बाबजुद उनले आफ्नो काम छोडका छैनन् । गाउँले महिलामा सुरक्षित यौन सम्पर्कको सचेतना बढेकोमा नी खुशी छन् । ‘मेरो कामले उनीहरुमा चेतना विस्तार भएको छ । उनीहरु अब एचआइभी संक्रमित हुने छैनन् भन्नेमा ढुक्क छु,’ सार्पा भन्छन् ।

सीता र सार्पालाई अहिले एउटै चिन्ताले सताएको छ । उनीहरुको बच्चाको विवाह राम्रोसँग हुन्छ कि हुँदैन । 
तत्कालिन अवस्थामा उनीहरुको विवाह एचआइभी संक्रमित बाहेक अरुसँग हुन सक्दैन् । तर, आफूहरु आशावादी रहेको स्वयम सार्पा बताउँछन्, भन्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.