logo

‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिने

      5/8/2017 गते 00 00 मा प्रकाशित     1180   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । नेपालमा पहिलोपटक ‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिनेभएको छ । स्वास्थ्यका विषय अनलाइन र मासिक पत्रिकामार्फत जनतालाई सुसूचित गर्दै आएको स्वास्थ्य खबरपत्रिकाले यसै वर्षबाट ८५ वर्षभन्दा माथिका नागरिकबाट महिला र पुरुषलाई छनोट गरी सो पुरस्कार दिन लागेको हो ।

शारीरिक रूपमा तन्दुरुस्त, स्वस्थ जीवनशैली अपनाएकोे, क्रियाशील, स्वच्छ छवि भएको र विभिन्न माध्यमबाट सामाजिक सेवामा जुटेका ८५ वर्षमाथिका व्यक्तिले इमेलमार्फत सहभागिता जनाउन स्वास्थ्य खबरपत्रिकाले आह्वान गरेको छ ।


पत्रिकाको आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर हुने ‘हेल्थ अवार्ड’ कार्यक्रममा छनोट भएका एक–एकजना महिला र पुरुषलाई रु ५० हजार नगद पुरस्कारले सम्मानित गरिने स्वास्थ्य खबरपत्रिकाका प्रकाशक÷प्रधानसम्पादक अनिल न्यौपानेले जानकारी दिनुभयो ।

अवार्डमा सहभागिता जनाउन आजदेखि जेठ मसान्तभित्र स्वास्थ्य खबरपत्रिकाको कार्यालयमा वा इमेल कधबकतजथबपजबदबच२नmबष्।िअयm मार्फत आवेदन दिन सकिने बताइएको छ । सबै प्रक्रिया पुगेका तर आफँै आवेदन दिन असमर्थ भएमा परिवारका सदस्यले आफ्ना अभिभावकका तर्फबाट आवेदन दिन सक्नेछन् ।

आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा स्वस्थ र क्रियाशील जीवनयापनका लागि प्रेरणा दिने उद्देश्यले ‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गर्न लागिएको प्रधानसम्पादक न्यौपानेले राससलाई बताउनुभयो ।

उहाँले भन्नुभयो – “अहिले पनि हाम्रो समाजमा स्वास्थ्य जीवनशैलीका कारण धेरै वर्ष बाँच्ने व्यक्तिहरू छन् । उनीहरूले अपनाएको दैनिक जीवनशैली अन्य व्यक्तिका लागि प्रेरणा बन्न सक्छ । खानपान, दैनिक क्रियाकलाप सुधार्न सकेमा धेरै उमेर बढ्दै गए पनि कसरी स्वस्थ्य बन्न सकिन्छ भन्ने सन्देश दिन यो अवार्डको अवधारणा ल्याइएको हो ।”

पुरस्कारका लागि खबरपत्रिकाले छनोट समिति पनि गठन गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष डा गौरीशङ्करलाल दासको अध्यक्षतामा ज्येष्ठ नागरिक विशेषज्ञ डा रमेश कँडेल, डा सुवास प्याकुरेल र विनय लामा सदस्य रहनुभएको छ ।

स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष ग्रामीण क्षेत्रमा योगदान पु¥याइरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र अस्पताललाई ‘हेल्थ अवार्ड’ले सम्मान गर्दै आएको छ । सातौँ हेल्थ अवार्ड कार्यक्रम आगामी भदौ १६ गते काठमाडौँमा हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.