logo

सरकारले विदेशी औषधि आफै खरिद बिक्री गर्ने

      5/13/2017 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ ।


सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा सरकारले आफैँले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने उल्लेख छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुनसकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्वयन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी औषधि उद्योगलाई प्राथमिकता दिँदा औषधिको मूल्य सस्तो हुनुपर्ने, पर्याप्त गुणस्तरको हुनुपर्ने र नेपाली उद्योगको सिन्डिकेट तथा एकाधिकार हुन नदिने विषयमा पनि मन्त्रालय गम्भीर रहेको छ ।’’


नेपाली बजारमा बिक्री हुँदै आएका क्यान्सर, मिर्गौला लगायत रोगका औषधि दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुनेगरेको तथ्य फेला परेको मन्त्रालयको दाबी छ । अहिलेसम्म स्वदेशी कतिपय औषधि विदेशी भन्दा महङ्गो हुने गरेकोमा खपत बढ्न थालेपछि स्वदेशी पनि सस्तो हुने मन्त्रालयको विश्वास छ ।


मन्त्रिपरिषद्को गत मङ्गलबारको बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिसकेको छ ।


समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेस गर्ने मन्त्रालयले जनाएको छ । सरकारको कुनै निकाय वा अहिले भइरहेको खरिद इकाइ मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधि खरिद गर्ने मन्त्रालयको योजना छ । यसरी खरिद गरी बिक्री गर्दा बिरामीले ५० प्रतिशतसम्म सस्तोमा औषधि प्राप्त गर्ने बताइएको छ ।


नेपालमा औषधिको उत्पादन निजीस्तरमा केमी ड्रग प्रालि २०२६ सालमा स्थापना भएपछि सुरु भएको थियो । सरकारीस्तरमा २०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भएपछि सुरु भएको थियो । सुझाव समितिका अनुसार अहिले ४९ वटा औषधि उद्योग, आठवटा पशुपक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । आयाततर्फ २९४ आधुनिक औषधि उद्योग, १३ बटा पशुपक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेदिक औषधि उद्योग दर्ता छन् ।


आव २०७२/७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६५, भारतीय उत्पादनको ५२५ र अन्य मुलुकको २५ रहेको प्रतिवेदनमा उल्लेख छ ।


विदेशी औषधि आयातकर्ताले भने सरकारको यस्तो कदम सफल नहुने चेतावनी दिएका छन् । उनीहरुले स्वदेशी औषधि र उद्योगलाई प्रोत्साहन गर्ने नाममा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । अत्यावश्यक औषधि आयात ठप्प पार्ने चेतावनी दिँदैँ नेपाल औषधि आयातकर्ता सङ्घले आन्दोलनको घोषणा समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.