logo

सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

      5/9/2017 गते 00 00 मा प्रकाशित     2440   पटक पढिएको

इनरुवा, २६ वैशाख । सुनसरीका अधिकांश आयुर्वेद औषधि क्लिनिक कानुनी दायरामा नरहेको पाइएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा सूर्यनारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादवलगायतको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश आयुर्वेद औषधि क्लिनिक अवैधरुपमा सञ्चालन गरिरहेको पाइएको छ ।


आयुर्वेद औषधिको प्रयोग बढाउने सोचअनुरुप सरकारले पहल चालेपनि सञ्चालनमा रहेका जिल्लाका अधिकांश त्यस्ता क्लिनिक कानुनी दायरामा नरहेको पाइएको हो । सरकारी निकायको उदासीनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आयुर्वेद क्लिनिक जिल्लामा सञ्चालनमा रहेको स्थानीय तथा सरोकारवालाले बताएका छन् ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा सञ्चालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमियोपेथिक औषधालय तथा क्लिनिक आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको फेला परेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । दर्तासहितका आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि धरानको फेन्दे हिमालयन सोरिग औषधालयलाई अनुगमन टोलीले स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न भन्दै तीन दिनभित्र पूर्णरुपमा कानुनी प्रक्रियामा आउन अल्टिमेटम दिएको छ ।

    
फेन्दे हिमालयनले औषधिमा मिति उल्लेख नगरी बिक्री गर्ने गरेको भेटाइएको थियो । टोलीले लाइफलाइन होमियो फार्मेसी क्लिनिक, स्पार्क फाइभ हस्पिटल प्रालि तथा विराट आयुर्वेदमा अनुगमन गरेको थियो । लाइफलाइनमा समेत कागजात फेला परेन भने स्पार्क फाइभ अन्यका तुलनामा केही व्यवस्थित पाइएको थियो ।

    
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कमा सुनसरीमा क्लिनिक तथा औषधालयका नाममा पाँचवटा मात्र स्वीकृति प्राप्त छन् जबकी जिल्लामा ४० भन्दा बढी आयुर्वेद औषधालय तथा क्लिनिक सञ्चालनमा रहेको जिल्ला आयुर्वेद केन्द्र, इनरुवाले जनाएको छ ।

    
होमियोपेथिक औषधालय तथा क्लिनिक समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत दर्ता रही सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको पाइएपछि सुनसरी प्रशासनले सबैलाई कानुनी दायरामा आउन आग्रह गरेको छ ।

    
आयुर्वेद केन्द्रका डा सूर्यनारायण मेहताले प्रक्रियामा ल्याउने पहलस्वरुप अनुगमन थालिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले अनुगमन गरिएका मात्रै नभएर सञ्चारको माध्यमबाट जानकारी पाएका सम्बन्धित व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न पाउने बताउनुभयो ।

    
निरन्तर अघि बढाइने अनुगमनका क्रममा अटेर गरेको पाइए प्रचलित ऐनअनुरुप कारबाही प्रक्रिया अघि बढाइने न्यौपानेको भनाइ छ । सर्वसाधारणमा आयुर्वेदतर्फको आकर्षण बढाउन र भरपर्दो सेवा प्रवाहका लागि समेत सचेतना तथा निरन्तर अनुगमनको खाँचो रहेको सहायक प्रजिअ न्यौपानेको भनाइ छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.