logo

औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा

      5/11/2017 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

काठमाडौँ, २८ वैशाख । आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ ।


स्वास्थ्य मन्त्रालयको टोलीले गरेको नियमनमा आयातित औषधिको मूल्य रु ४०० देखि रु दुई हजार २०० प्रतिशतसम्म महङ्गो भएको तथ्य फेला परेको थियो । आयातित औषधि मूल्य निर्धारण र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री वितरण गर्नका सुझाव दिन यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्य उच्चस्तरीय समिति गठन गरेको थियो ।


सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा गठित सो उच्चस्तरीय समितिमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने छ ।


नेपाल औषधि आयातकर्ता सङ्घले आज पत्रकार सम्मलेन गरी आयातित औषधिको मूल्य २५ प्रतिशतदेखि हदैसम्म घटाउन तयार रहेको जनाएको छ । तर मन्त्रालयको नियमनलाई आधार मान्ने हो भने आयातकर्ताले १०० प्रतिशत नै मूल्य घटाए पनि बिरामीले करिब दुई हजार १०० महङ्गो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता देखिन्छ । मन्त्रालयका अनुसार विशेषगरी कडा रोग क्यान्सर र मिर्गौलालगायत उपचारमा लाग्ने आयातित औषधिमा विक्रेताले परल मूल्यभन्दा चर्को लिइने गरेका छन् ।


सङ्घका अध्यक्ष अञ्जन पुडासैनीले स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने बहानामा आफूहरुलाई औषधि आयातमा रोक लगाउन नहुने बताउनुभयो ।


सङ्घका महासचिव पवन आचार्यले मन्त्रालयले गठन गरेको स्वदेशी उद्योगीको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानी करिब ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयप्रति विरोध गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.