logo

रक्त वर्गीकरण गर्ने मेसिन सञ्चालनमा

      4/17/2017 गते 00 00 मा प्रकाशित     1268   पटक पढिएको

वीरगंज, ४ वैशाख÷
    रक्तसञ्चार केन्द्र वीरगंजमा रगत वर्गीकरण गर्ने मेसिन (कम्पोनेन्ट मेसिन) वैशाख ६ गतेदेखि सञ्चालनमा आउने रक्तसञ्चार केन्द्र, वीरगंजका प्रमुख प्रवीण मानन्धरले जानकारी गराए ।  
    नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले ६ महिनाअगाडि पठाएको रगत वर्गीकरण गर्ने मेसिन जेनेरेटर जडान हुन नसक्दा सञ्चालनमा आउन सकेको थिएन ।  वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष  विजय सरावगी र उनका साथीहरुले ७ लाखको लागतमा जेनरेटर जडान गरेपछि रगत वर्गीकरण गर्ने मेसिन सञ्चालनमा आउन लागेको मानन्धरले बताए  । 
    काठमाडौं, ललितपुर, भक्तपुर,  नेपालगंज, विराटनगर, बुटवल, चितवन, धनगढी, पोखरा, धरानपछि वीरगंजमा रगत वर्गीकरण गर्ने मेसिन वैशाख ६ गतेदेखि सञ्चालनमा आउन लागेको हो । रक्तसञ्चार केन्द्र, वीरगंजले अहिलेसम्म रक्तदाताहरुबाट उपलब्ध रगतको वर्गीकरण नगरी होल ब्लड बिरामीहरुलाई उपलब्ध गराउ“दै आएको थियो । अब रगत तीन तह प्लाज्मा, प्लेटलेट्स र प्याक्सेलमा वर्गीकरण गरी बिरामीलाई आवश्यकता अनुसारको उपलब्ध गराइने केन्द्रका प्रमुख मानन्धरले बताए  । 
    केन्द्रलाई हाल मासिक ७ सय पिन्ट रगत आवश्यक रहेको र रगत वर्गीकरणको मेसिन जडानपछि  तीन तहमा वर्गीकरण गरिएपछि रगतको सङ्ख्या बढ्ने र माग अनुसारको रगत आपूर्ति गर्न सहज हुने प्रमुख मानन्धरले जानकारी दिए । 
    होल ब्लडबाट तीन तहमा रगत वर्गीकरण गर्दा एक थरि प्लाज्मा रगत हेमोफेलिया, बर्न, सर्पदंश र डेंगुका बिरामीहरुलाई दिन सकिने र अर्कोथरि प्लेटलेट रगत पालोसेमिया, मिर्गौला रोगीलाई तथा प्याक्सेल रगत मिर्गौला, डेंगु तथा रक्तस्राव हुने बिरामीहरुमा प्रयोग हुने उनले जानकारी गराए । 
    प्रमुख मानन्धरले वैशाख ६ गतेदेखि रगत वर्गीकरण मेसिन सञ्चालनमा आउन गइरहेकोले सो दिन बिहान ११ बजे ६० केजी तौल समूहभन्दा माथिका पुरुषहरुलाई रक्तसञ्चार केन्द्र वीरगंजमा सम्पर्क गरी रक्तदान गर्न अनुरोध पनि गरेका छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.