logo

बीरगंजमै रगत चढाउन सकिने

      4/20/2017 गते 00 00 मा प्रकाशित     1447   पटक पढिएको

बीरगंज ७ बैशाख ।
नेपाल रक्त संचार केन्द्र बीरगंजमा आज एक कार्यक्रमका वीच जेनरेटर हस्तातन्त्ररण गरिएको छ । बीरगंजका उधोगी एवं फोरम नेपालका नेता बिजय सरावगीको नेतृत्वमा ७ लाख रुपैयाको लागतमा खरिद गरिएको जेनरेटर आज रक्त संचार केँद्रलाई हस्तान्तरण गरिएको हो । नेपाल रक्त संचार केन्द्रले आज बाटै रगतको बर्गिकरणको काम पनि शुरु गरेको छ । अवका दिनमा बिरामीलाई जुन रथत जती मात्रामा चाहिने हो त्यती मात्रामा दिन सकिने अवस्थामा रक्तसंचार केन्द्रको भौतिक पूर्वाधार बिकास गरिएको केन्द्रका प्रमुख प्रविण मान्नधरले जानकारी दिए  । रगतको बर्गिकरण सेवाले अव डेंगुका बिरामीलाई बीरगंजमै पनि रगत चढाउन सकिने अवस्था आएको उन  भनाई छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष फूल महम्मद मियाको अध्यक्षतामा भएको कार्यक्रममा बिजय सरावगीले दाताहरुको बारेमा जानकारी गराएका  थिए । रक्त संचार केन्द्रको तर्फबाट दाताहरुलाई फूल माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जेनेरेटरको स्वीच अन गरेपछि कार्यक्रमको समापन भउको थियो । मधु राणाले स्वागत गरेको कार्यक्रममा सीमा सुरक्षा बल चीनीमीलका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुर ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, डा.चितरन्जन साह लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.