logo

अण्डाभन्दा छिटो गल्छन् ओछ्यानमा बेलायतीहरु

      3/23/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

 बेलायतीहरुको सहवासको समय निकै छोटो हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बेलायती जोडीहरुको सहवास सत्र औसतमा १० मिनेटभन्दा कम समयको हुने गरेको छ। तर पाकक्रिडालाई पनि जोड्दा भने सहवासको समय १९ मिनेटको हुने गरेको छ । यसको अर्थ बेलायतीहरु सहवासको मज्जा लिने समयको हाराहारी समय चाहीँ मूडमा आउनकै लागि खर्चिन्छन् । अनलाइन सेक्स टोय कम्पनी लभहनीले गरेको अध्ययन अनुसार धेरै बेलायती जोडीको सहवासको समय ९ मिनेटको हुने गरेको छ । यो भनेको अण्डा ब्वाइल गर्न लाग्ने समय हो । अर्थात् अण्डालाई ब्वाइल गर्दा अण्डा गल्न लाग्ने समय अघि नै औषत बेलायती जोडीहरु सहवासमा गलिसकेका हुन्छन् ।

 ९ मिनेटको सहवासमा पर्याप्त सन्तुष्टि प्राप्त गर्ने बेलायती जोडीहरु केवल ५० प्रतिशत मात्र पाइएका छन् । झण्डै एक चौथाइले चाहीँ पर्याप्त सन्तुष्टि प्राप्त गर्नका लागि कम्तिमा अरु २० मिनेटसम्म सहवास गर्नुपर्ने बताए । यद्यपि दुुई तिहाइ बेलायतीको राय चाहीँ के हुने गरेको छ भने सहवास कम्तिमा १५ मिनेट सम्म चाहीँ हुनैपर्छ । २१ प्रतिशत बेलायती जोडीले चाहीँ आफुहरुसँग समयको अभाव हुने हुनाले ९ मिनेटमै कामकुरा सकाउनुपर्ने बाध्यता रहेको बताएका छन् । अध्ययन अनुसार केवल एक तिहाइ जोडीले मात्र सहवासका बेला दुुबै जनाले एकसाथ यौन आनन्द प्राप्त गर्न नियमित रुपमा सफल हुने गरेका छन् ।

अध्ययनमा सहभागी सबैजसो पुरुषले हरेक पटक सहवासमा चरम आनन्द प्राप्त हुने गरेको बताएका छन् भने नियमित रुपमा चरम आनन्द प्राप्त गर्ने महिला केवल १ सयमा २८ जना मात्र छन् । एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.