logo

नगरपालिकाको लोककल्याणयुक्त काम ,दश वर्षदेखी दृष्टिबिहिन वालकको दृष्टि फर्कियो

      7/8/2021 गते 00 00 मा प्रकाशित     881   पटक पढिएको

पर्सागढी नगरपालिकाको वडा नं ६ का १० वर्षिय बालक उज्वल कुमारको अनुहार उज्यालो छ । उनको बाँयका आँखा मोतिबिन्दुका कारण ज्योती गुमेको थियो ।

 

नाम उज्वल भएपनि एउटा आँखाले केही नदेख्दा उनी दिक्दारीमा थिए । तर अस्पतालले उनको आँखामा दृष्टि फर्काइ दिएपछि नाम जस्तै उनको अनुहार उज्वल भएको छ । 

 

वीरगंज सामूदायिक आँखा अस्पतालले ति बालकको आँखाको शल्यक्रिया गरेर ज्योति फर्काइदिएको हो ।

 

जन्मेदेखि देब्रे (बाँया) आँखामा मोतिबिन्दु भएका  उज्ज्वल कुमारको आँखाको ज्योति वीरगंज सामूदायिक आँखा अस्पतालमा भएको सफल शल्यक्रियाले फर्काइ दिएको हो ।

 

वीरगंज सामूदायिक आँखा अस्पतालका चिकित्सक डा. अमृत आचार्यको टोलीले शल्यक्रिया गरेर उनको ज्योति फर्काइ दिएको छ । 

 

डा. आचर्यको टोलीले सफलतापूर्वक उपचार गरेपछि उज्ज्वलले दुवै आँखाबाट देख्न थालेको उज्वलका पिताले बताउनु भयो  । 


आर्थिक आभावमा उपचार गराउन कठिनाई भोगिरहेका उज्ज्वलको पर्सागढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा उपचार गरिएको अस्पतालका महेश सिंह धामीले जानकारी दिए । नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं ६ र ७ का करिब १ सय ८० नागरिकको मोतिबिन्दुको शल्यक्रिया गरिएको धामीले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.