logo

क्रस बोर्डर इस्युका बिषयमा बीरगंजमा दुई देशका पत्रकारवीच अन्तरक्रिया,समस्याको समाधानकालागि नागरिक संवाद आवश्यक

      7/8/2021 गते 00 00 मा प्रकाशित     565   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका  प्रमुख बिजय कुमार सरावगीले संघीय सरकारले स्थानीय तहको अझै हातखुट्टा बाध्ने काम गरेको आरोप लगाउनुभएको छ ।

 

मानव अधिकार पत्रकार संघले आज वीरगन्जमा आयोजना गरेको नेपाल भारत सीमा क्षेत्रमा मुद्धाहरु  बिषयक एकदिने कार्यशाला गोष्ठीमा आफ्ना धारणा राख्दै उहाँले स्थानीय सरकारले कयौं प्रयास गर्दापनि नागरिकहरुको सवालमा काम गर्न  नसकेको बताउनुभयो ।

 

उहाँले खोप खरिद लगायतका बिषयमा  आफूहरुले प्रयास गरेको भएपनि संघीय सरकारको नीतिका कारण असफल भएको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने गरेको तस्करीको समस्या समाधान हुन कहिल्यै नसक्ने पनि बताउनुभयो । नेपालले पनि अनावश्यक रुपमा सीमा नाका अब बन्द गर्न नहुने र भारतले पनि नेपालीप्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

 

 नेपाल भारतको बोर्डर डेढ वर्षदेखि बन्द छ, दुवै देशका नागरिक समस्यामा छन् । कोरोना बहाना हो, किन बन्द छ ? न नेपाल सरकारलाई थाहा छ, न भारत सरकारलाई उहाँले भन्नु भयो आफन्तको विवाह कर्ममा त जान पाएनन् तर मर्दापर्दा समेत जान पाएका छैनन् ।’बिद्यलाय बन्द गरेर सरकारले बिद्यार्थीहरु मानव अधिकारको उल्लंघन गरेको उहाँले दावी गर्नु भयो । 


कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्र बिषयका प्राध्यापक वीरेन्द्र शाहले सीमा क्षेत्रमा रोटीबेटीबीचको सम्बन्ध राम्रो भए पनि राज्यबीच राम्रो सम्बन्ध नहुँदा समस्यामा पर्ने गरेको बताउनु भयो  ।उहाँले नेपाल र भारत वीचको सम्बन्ध प्राचिन नभइ आधुनिक भएको चर्चा गर्दै आधुनिक राज्यका आ आफना हक अधिकार र दायित्व रहने भएकोले यो कुरा स्मरण गर्नु पर्ने बताउनु भयो । 

 

उहाँले ‘दुवै देशमा नागरिकताको विषयमा समस्या रहेको चर्चा गर्दै  यता भारतीय छोरीले जहिले नेपाली नागरिकता पाउँछन, भारतमा नेपाली छोरीले नागरिकता पाउन सात वर्ष कुर्नु पर्छ । समानता हुनुपर्छ भन्ने आफूहरुको माँग रहेको बताउनु भयो । 

 

भारतीय पत्रकार दीपक अग्निरथले पछिल्ला दिनमा नेपाल भारतबीच हुने विवाहमा कमी आउनुले पनि जनस्तरको सम्बन्धमा समस्या हुन थालेको बताउनु भयो  । प्रभात खबरका पत्रकार मनोजकुमार गुप्ताले कुनै पनि बहानामा पौराणिक सम्बन्धलाई बिगार्न नहुनेमा जोड दिनु भयो  ।


भारतीय पत्रकारले भारतकै कतिपय संचारमाध्यमले नेपालका सन्दर्भमा गलत खवर प्रशारण गरेको भन्दै त्यसले समेत नेपालमा भारत बिरुद्धको जनमत बनेको कुरा स्वीकार गरेका थिए । 


कार्यक्रममा मानव अधिकार पत्रकार संघका पूर्व अध्यक्ष नम्रता र्शामाले क्रस बोर्डर जर्नालिष्ट नेटवर्कक त्यसको कानूनी प्रवन्धका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले क्रस बोर्डर इस्युका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, प्रदेश २ का महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी ,सर्लाहीका अध्यक्ष टंक क्षेत्री , पत्रकार कविता खड्का नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव लगायतले आफना भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण हुर्जाका अध्यक्ष घनश्याम खड्काले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.