logo

आपसी बिवाद र कलहका कारण  प्रदेश २ का ३१ स्थानीय तहले बजेट ल्याउन सकेनन 

      6/28/2021 गते 00 00 मा प्रकाशित     572   पटक पढिएको

प्रदेश २ मा १३६ मध्ये १०५ स्थानीय तहले मात्रै निर्धारित समयसीमाभित्र आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गरेका छन् ।

३१ वटा स्थानीय तहले भने नीति तथा कार्यक्रम ल्याए पनि आन्तरिक कलहका कारण समयमा बजेट ल्याउन सकेनन् ।  पर्सा जिल्लामा ७ वटा स्थानीय तहले असार १० मा सार्वजनीक गर्नु पर्ने बजेट नीति तथा कार्यक्रम सार्वजनीक गरेका छैनन । 
पर्साको  ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धोबनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिरा भवानी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित ७ पालिकाले बजेट ल्याउन सकेनन् ।बाराका कुल ९ वटा गाउँपालिकामध्ये करैयामाई गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेन । 

 

सर्लाहीका  २ वटा स्थानीय तहले  प्रमुख प्रशासकीय अधिकृत नहुँदा  अगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । मुलुकमै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा १८ स्थानीय तहले मात्र समयमै नगर तथा गाउँसभा गरी बजेट ल्याएका छन् । 

 

धनुषाका ३ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी जम्मा ५ वटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन् ।धनुषाका गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाले असार १० भित्र बजेट ल्याउन नसकेका हुन् । यस्तै जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले समेत बजेट ल्याउन सकेनन् ।

 

त्यस्तै सिरहाको १७ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले मात्रै निर्धारित समयमा बजेट ल्याएका छन् भने ५ स्थानीय तहको नगर तथा गाउँसभा नै अन्योलमा परेको छ । कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

 

त्यस्तै रौतहटका  ४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।  बृन्दावन, गरुडा, देवाही गोनाही र बोधीमाई नगरपालिकाको भने समयमै बजेट ल्याउन नसकेका हुन ।

 

सप्तरीका १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् भने ५ स्थानीय तहले बजेट ल्याउन सकेनन् । यता  महोत्तरीमा भने १५ वटै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । महोत्तरीमा १० वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् ।

 

स्थानीय सरकारले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अन्य जनप्रतिनिधि बीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत नभएका जस्ता कारणले प्रदेशका ३१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन नसकेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.