logo

जगरनाथपुर गाउपालिकामा रेडक्रसद्वारा कोभिड १९ समन्वय बैठक सप्पन्न 

      6/8/2021 गते 00 00 मा प्रकाशित     517   पटक पढिएको

 युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित कार्यक्रम कोभिड१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत जगरनाथपुर गाउपालिकामा एक दिने गाउपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

समन्वय बैठक जनरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया मन्सुरिको अध्यक्षतामा सम्पन्न भएको थियोे ।  कोरोना महामारिको समयमा समेत रेडक्रसले सामुदायिक स्तरमा पुगेर काम गरेकोमा मन्सुरीले प्रशंसा गर्नु भयो । उाँले  स्वास्थ्य स्वयंसेवक खटाइ महामारीबाट वच्न  उत्प्रेरित  गरेकोमा स्वयं सेवकहरुलाई धन्यवाद दिनु भयो ।

 

उहाँले रेडक्रसको सेवा मुलक कार्यमा गाउपालिकाको समन्वय एवं सहयोग हरदम रहने प्रतिवद्धता जनाउनु भयो  ।

 

नेपाल रेडक्रस सोसाइटीका कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका लेखाअधिकृत  बीरसमसेर प्रसाद कुर्मिले कार्यक्रमको योजना बारे प्रकाश पार्नुृ भयो । उहाँले   पालिकाको नागरिकलाई कोरोनाबाट कसरी जोगाउने बिषयमा जानकारी गराएको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताउनु भयो ।

 

कार्यक्रममा उपाध्यक्ष बिसमिल्लाह खातुन, स्वास्थ प्रमुख परमेन्द्र शाह, शिक्षा प्रमुख नरेस महतो कोइरि, प्रहरी प्रतिनिधि, वडाअध्यक्ष मङरु राउत गद्दी, नगिना राउत अहिर, बिहारी महतो नुनिया, प्रभुनाथ नुनिया, रेडक्रसका स्वास्थ स्वयंसेवक, महिला स्वयंसेवक लगायत ३५ जनाको उपस्थिति रहेको थियो भने समन्वय कार्यक्रमका जिल्ला फोकल पर्सन सन्तोष रामले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.