logo

वीरगन्जलाई प्राथामिकतामा राखेर १ लाख डोज खोप दिन नगर प्रमुखको माग 

      6/2/2021 गते 00 00 मा प्रकाशित     508   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथामिकतामा राख्न माग गर्नुभएको छ ।

 

कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भईरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरुलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज संक्रमणको उच्च जोखिममा रहेकोले खोप वितरणमा प्रथामिकतामा राख्न महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै माग गर्नुभएको हो ।


 संघीय सरकारले खोप खरिदलाई उच्च प्राथामिकतामा राखेकोमा धन्यवाद दिदै महानगर प्रमुख सरावगीले यसअघि महानगरपालिका  बाटै खोप खरिदको लागि अनुमति माग गरिएकोमा खोप खरिदको जिम्मेवारी संघीय सरकारलाई मात्रै भएको मन्त्रालयबाट विभिन्न संचार माध्यमहरु मार्फत स्पष्ट पारेको जानकारी भएको र सरकारसँग उपलब्ध खोप वितरणमा वीरगन्ज क्षेत्रलाई प्रथामिकतामा राख्न माग गरेका हुन् । 


    वीरगन्ज देशकै प्रमुख स्थल भन्सार नाका र औद्योगिक तथा व्यापारिक नगरको दृष्टिकोणले पनि बढी जोखिममा  रहेकोेले वीरगन्जलाई प्राथामिकता दिन महानगर प्रमुख सरावगीले मांग गर्नुभएको हो ।


 वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सयौं उद्योग प्रतिष्ठानहरु संचालनमा रहेको र ती उद्योग प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकको संख्या पनि करिब एकलाखको हाराहारीमा रहेको हुँदा यस्तो विषम परिस्थितिमा वीरगन्ज भन्सार नाकाबाट हुने ढुवानी सेवामा संलग्न चालक, सहचालक, भन्सारमा कार्यरत कर्मचारीसहित श्रमिक र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई पहिलो प्रथामिकतामा राखेर खोप लगाउनु पर्ने देखिएकोले यसलाई गम्भीर रुपमा लिन पनि महानगर प्रमुख सरावगीले अनुरोध गर्नुभएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.