logo

पत्रकारहरुको उपचार राहतका निम्ति पत्रकार महासंघ पर्साद्वारा कोष निर्माण सहसचिव साहले दिए ५१ हजार

      5/16/2021 गते 00 00 मा प्रकाशित     627   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतकालागि कोष निर्माण गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले कोष निर्माण गर्ने निर्णय गरेको कोषाध्यक्ष संजीव मिश्रले जानकारी दिनु भयो । 

 


कोरोना भाइरसको नयाँ भेरियन्ट सतिहको दोश्रो लहरमा पार्सामा ९ जना संचारकर्मी संक्रमीत हुन पुगका छन । संक्रमीत पत्रकारहरुसंग नेपाल पत्रकार महसंघ पर्सा शाखाले आवश्यक सन्वय र सहकार्य गरेको  अध्यक्ष तिवारीले बताउनु भयो ।

 

उहाँले पत्रकारहरु पेशागत र भौतीक रुपमै समस्यामा पर्दै गएकोले उपचार तथा राहतकालागि कोष निर्माण गर्न लागिएको जानकारी दिनु भयो । उहाँले फ्रन्टलाइनमा रहेर नागरिकलाई सहि सूचना दिने काममा क्रियाशिल पत्रकारहरुलाई राज्यले अन्य फ्रन्टलाइनरलाई जस्तो ब्यवहार नगरेको भन्दै पत्रकारहरुकोलागि निर्माण गरिएको कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्नु भएको छ । 

 


बैठकले पत्रकारको उपचारको बिषयमा आवश्यक प्रवन्ध मिलाउनकालागि महासंघले गठन गरेको कोभिड एक्शन टिमलाई पहल गर्न जिम्मेवारी दिएको छ ।

 

कोषाध्यक्ष संजीव मिश्रको संयोजकत्वमा गठन भएको टिमलाई पत्रकारहरुको अवस्था बुझ्न समेत जिम्मेवारी दिएको छ । पत्रकारहरुकोलागि आवश्यक राहतको ब्यवस्थापनमा पनि महासंघले ध्यान दिने उपाध्यक्ष सुष्मा शर्माले बताउनु भयो । यसैवीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्माण गरेको पत्रकार उपचार तथा राहत कोषमा नेपाल पत्रकार महासंघ पर्साका सह सचिव जितेन्द्र साहले ५१ हजार रुपैया उपलब्ध गराउनु भएको छ ।

 

 

बैठकमा उहाँले ५१ हजार बराबरको चेक महासंघ पर्साका अध्यक्ष अनुप  तिवारीलाई हस्तान्तरण गर्नु भएको हो । आफना स्व.पिता शिवजी प्रसाद कलवारको स्मृतिमा रकम हस्तान्तरण गर्नु भएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.