logo

नारायणी अस्पतालमा जनशक्ति अभाव र सामाजिक परम्पराका कारण कुरुवा रोक्न सकिएनः डा.दास

      5/16/2021 गते 00 00 मा प्रकाशित     515   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका कोभिड संक्रमीतलाई जनशक्ति अभावमा आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

 

अस्पतालमा भर्ना भएका बिरामीहरुलाई आवश्यक सेवा दिन बिरामीका आफन्त कुरुवाका रुपमा रहनुलाई अस्पतालले ब्यवस्थापन गर्न सकिएको जनाएको छ । 


अक्सिजन सिलिण्डर बोक्नकालागि दुई जना कर्मचारी छन उनीहरुले काम गर्दा गर्दै नभ्याएपछि बिरामीका आफन्तले नै सिलिण्डर  बोक्नु पर्ने अवस्था आएको अस्पतालका चिकित्सक प्रवक्ता डा. सरोज रोशन दासले बताउनु भयो ।

 

उहाँले बिरामीका कुरुवा रहनु स्वास्थ्यको मापदण्ड बिपरित भएपनि त्यसलाई ब्यवस्थापन गर्न नसकिएको प्रष्ट पार्नु भयो । बिरामीलाई सेवा दिन आवश्यक जनशक्तिको माग गरिएको छ तर त्यो आपूर्ती भएको छैन डा. दासले भन्नु भयो  करुवा ब्यवस्थापन नहुदा कोरोना भाइरसको संक्रमण निरन्तर बढने देखिन्छ यो त संक्रमणको साइकल नै बने जस्तो छ ।

 

मृत्यु भएको बिरामीका आफन्त घर फर्किन्छ त्यहा स्वास्थ्य मापदण्ड कति पालना भएको हुन्छ भन्न सकिदैन उहाँले भन्नु भयो कतिपय केश त्यही गाउँ ठाउँबाट आएको हुनाले पनि संक्रमणको जोखिम निकै बढेको छ । 

 


नारायणी  अस्पतालमा इमरजेन्सी सहितका तीन बल्कमा कोभिड संक्रमीतहरुको उपचार भइरहेको छ । हरेक बल्कमा तीन जना स्टार्फ नर्स एक जना चिकित्सकले  २४ घण्टा सेवा दिइरहेका छन ।  अन कल चिकित्सकको (बोलाउदा आउने ) सेवा पनि उपलब्ध छ । त्यो संगे डा.सरोज रोशन दासले समेत २४ घण्टा सेवा दिइरहनु भएको छ । उहाँसंगै अन्य चिकित्सक पनि सेवामा संलग्न छन । 


यति हुदा पनि दक्ष जनशक्तिको अभाव रहेको डा. दासको भनाई छ । प्रदेश सरकारले उपलबध गराउने भनेको जनशक्ति अहिले सम्म  अस्पतालनमा नआएको उहाँले बताउनु भयो । 


कोभिड एक्सन टिमका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको नेतृत्वमा गएको  टोलीसंग कुरा गर्दै डा .दासले नारायणी अस्पतालले कोभिड बिरामीलाई दिने उपचारमा आफूहरुसंग भएको दक्षता र उपलबध स्रोत र साधनको भरपुर उपयोग गरिएको जानकारी दिनु भयो । कोडि एक्सन टिमले नारायणी अस्पतालमा कुरुवाहरुको उपस्थितिका बिषयमा खवरहरु सार्वजनीक भएपनि चासो लिदै स्थलगत अनुगमन गरेको थियो ।

 

कोभिड संक्रमीत बिरामीका आफन्तको कर बलले पनि कुरुवालाई रोक्न नसकिएको चिकित्सक डा. दासले बताउनु भयो ।  बिरामीलाई आफन्तले सेवा गर्ने  सामाजिक परम्परा रहि आएको चचा गर्दै डा.दासले यो कुरा निकै भावनात्मक हुने भएकोले पनि बिरामीका आफन्तलाई रोक्न नसकिएको उहाँले बताउनु भयो ।

 

जनशक्ति अभाव र भावनात्मक लगाव वा सेवा गर्नु पर्ने दायित्वका कारण बिरामीका कुरुवा अस्पताल भित्र रहेको उहाँले बताउनु भयो । उहाँले कुरुवा रहने कुरा संक्रमणको उच्च जोखिम हो भन्ने कुरा पनि उत्तिकै सत्य रहेको चर्चा गनुृ भयो ।

 

टिमले कुरुवा ब्यवस्थापन चुनौतीपूर्ण भएपनि उहाँहरुले अपनाउनु पर्ने सुरक्षा सर्तकर्ता पनि नदेखिएको प्रति डा.दासले त्यसमा सुधार गर्न सकिने बताउनु भयो । बिरामीका कुरुवाले फेसशिल्ड , मास्क, ग्लोबस लगाउने वतावरण बनाउन टिमको तर्फबाट तबरेज अहमदले सुझाव दिनु भएको थियो । टोलीमा श्याम पटेल, संजीव मिश्र , अमित अग्रवाल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.