logo

आइसोलेशन सेन्टर सञ्चालनका लागि मेयरले दिए निशुल्क होटल

उपचार खर्च नगरपालिकाले वेहोर्ने

      5/10/2021 गते 00 00 मा प्रकाशित     542   पटक पढिएको


वीरगन्ज- पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले वीरगन्जमा रहेको आफ्नो नवनिर्मित होटल आइसोलेशन सञ्चालनका लागि निशुल्क रुपमा दिने घोषणा गरेका छन् । होटल भित्रै कोरोना संक्रमितको उपचार चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् । उपचार खर्च नगरपालिकाले वेहोर्ने छ ।

आफ्नो नगरपालिकालाई मात्र नभई अन्य पालिका जसलाई आइसोलेशनका लागि ठा“उ चाहिएको छ, त्यसलाई पनि निशुल्क होटलमा ठा“उ दिने मेयर साहले बताए ।

वीरगन्ज महानगरपालिका– १२ तेजारथटोल स्थित करिब एक विगाहा क्ष्ँेत्रफल रहेको होटल साह दरबार प्रालिलाई निशुल्क आइसोलेशन सेन्टरको रुपमा प्रयोग गरिने मेयर साहले जनाए ।

गाउ“को स्वास्थ्य चौकी वा विद्यालयमा सुविधा सम्पन्न आइसोलेशन सेन्टर बनाउन सम्भव नभएकाले आफ्नै होटल प्रयोगका लागि दिएको उनले बताए ।

‘अहिले कडा खालको कोरोना भेरियन्ट आएकाले गत वर्षझै“ काम चलाउ आइसोलेशन सेन्टर बनाएर काम चल्दैन्,’ उनले भने, ‘चिकित्सकीय सेवा सहितको सुविधासम्पन्न आइसोलेशन वार्ड चाहिको छ ।’ ठा“उ नपाएका तर आइसोलेशन सेन्टर सञ्चालन गर्न चाहने अन्य पालिकालाई निशुल्क ठा“उ उपलब्ध गराउने उनले जनाए ।

‘आफ्नो पालिकाका लागि तत्काल २५ शय्याको आइसोलेशन सेन्टर सुरु गर्दैछा“ै,’ उनले भने, ‘अन्य पालिकाले चाहेको अवस्थामा निशुल्क रुपमा ठा“उ प्रयोग गर्न दिइने छ ।’ संक्रमित संख्या बढ्दै गएमा शय्या पनि थपिने उनले जनाए । शनिबार बहुदरमाई नगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमित नगरवासीका लागि वीरगन्जमा आइसोलेशन राख्ने निर्णय गरेको थियो । 

‘बुहदरमाईको कुनै पनि स्वास्थ्य चौकी वा विद्यालयमा सुविधासम्पन्न २०÷२५ शय्याको आइसोलेशन सेन्टर बनाउने अवस्था छैन्, गाउ“का स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक छैनन्,’ मेयर साहले भने, ‘सिकिस्त कोरोना संक्रमितलाई छिटो भन्दा छिटो अस्पताल लैजान सकियोस् भन्ने उद्देश्यले वीरगन्जमै आइसोलेशन सेन्टर बनाउने निर्णय गरिएको हो ।’ अन्य ठा“उमा शुल्क दिएर आइसोलेशन बनाउन भन्दा आफ्नै होटेल निशुल्क रुपमा दिएको हु“ ।

होटल भित्र ३ वटा ठूल्ठूला सुविधा सम्पन्न हल छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विदुर उप्रेतीले आइसोलेशन वार्डका लागि चाहिले उपकरण खरिद प्रक्रिया अगाडि बढाई सकिएको बताए ।

‘नगरपालिका प्रमुखले आइसोलेशन सञ्चालनका लागि निशुल्क होटल दिएपछि त्यसमा उपकरण राख्ने काम भइरहेको छ,’ उनले भने, ‘दुई/तीन दिनमै सुविधासम्पन्न आइसोलेशन वार्ड सञ्चालनमा आउ“छ ।’  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.