logo

परिवारका सदस्य संक्रमीत , रेम्डिशिभिर बेचेको आरोप , आरोप पुष्टि गर्न मेडिकल सुपरिटेण्डेण्ट डा. ठाकुरको खुल्ला चुनौती,

      5/8/2021 गते 00 00 मा प्रकाशित     705   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले  आफूले इमान्दारीतापूर्वक काम गरिरहेको बताउनु भएको छ  ।

 

उहाँले आफनो चरित्र माथि गम्भिर प्रहार भएको र त्यसले आफनो हत्या गरेको अनूभूती भएको बताउनु भयो  । उहाँले रेम्डिशिभर भायल बेचेको भन्दै पर्साका बिभिन्न ब्यक्ति र माध्यमले आरोप लगाए पछि यस्तो बताउनु भएको हो ।

 

उहाँले सरकारले पठाएको रेम्डिशिभिर आज शनिवार मात्र आएको र त्यो स्टोर दाखिला हुदै गरेको बताउनु भयो । उहाँले भन्नु भयो आउदै नआएको रेम्डिशिभिर मैले कसरी बेचे ? भन्दै उहाँले प्रतिप्रश्न गर्नु भयो । त्यो औषधी स्टोरमा दाखिला हुन्छ त्यो माग फारम भरिन्छ त्यो एउटा प्रक्रियाबाट मात्र उपलब्ध हुन्छ मेडिकल सुपरिटेण्डेण्टले माग्दैमा पाउने र कसैलाई दिन सक्ने कुरा हुदैन ।

 

त्यो फारमेशीको नियन्त्रणमा हुन्छ मैले त हस्ताक्षर गर्ने मात्र हो । उहाँले बेचेको कुरा पुष्टि गर्न चुनौती दिदै त्यो पुष्टि भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको बताउनु भयो । उहाँले भन्नु भयो जसले प्रचार गरेको छ  उनीहरुलाई पुष्टि गर्न  म खुला रुपमा चुनौती दिन्छु । 


डा. ठाकुरका श्रीमती वाल बच्चा कोरोना भाइरसको संक्रमणका कारण बिरामी छन । नागरिकको सेवामा लागेका  डा.ठाकुरले आफनो परिवारलाई उचित स्यार सुसार गर्न पाएका छैनन । काठमाण्डौमा रहेका बिरामीलाई बीरगंज बोलाउनु भएको छ । काठमाण्डौ उपचारको भर पर्दो शहरबाट आफना आफन्तलाई बीरगंज ल्याउनु भएको छ । 


 धेरैलाई “फेवर” चाहिएको छ त्यो पुरा गर्न नसकेको हुनाले आफनो बिरुद्ध बिभन्न प्रचारवाजी भएको दावी गर्नु भयो । नेताहरुका आफन्तलाई जागीर लगाईदिनु पर्ने कतिपयको माग छ त्यो पुरा गर्न नसकेको हुनाले बिरोध भएको उहाँको बुझाई छ । 


उहाँले औषधी ब्यवस्था बिभागले २३ गते नारायणी अस्पतालकोलागि छुट्टयाएको औषधी  २४ गते मात्र बीरगंज आएको छ । आउनु भन्दा पहिला नै दवाई कसरी बिक्री भएको हल्ला चलाइएको छ बीरगंजको नागरिक समाजले बुझ्न आवश्यक छ । डा. ठाकुरले आफूमाथि लगाइएका सबै आरोपहरु पूर्वाग्रह प्रेरित छ ।

 

औषधी ब्यवस्था बिभागले ५४ भायल रेम्डिशिभिर उपलब्ध गराएको उल्लेख गरेको भएपनि उहाँले त्यो  नारायणी अस्पतालमा नआएको डा.ठाकुरले बताउनु भयो । आपूर्तीकर्ता उपलब्ध नगराएकोले त्यो ५४ भायल अस्पतालमा नआएको बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.