logo

भाइरस संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा आवश्यक, बैशाख ३० सम्म निषेधाज्ञाको अवधि थप

      5/4/2021 गते 00 00 मा प्रकाशित     515   पटक पढिएको

पर्सा जिल्लामा बैशाख १६ देखी जारी निषेधाज्ञा अव बैशाख ३० गते राती १२ बजे सम्मकालागि जारी रहने भएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारीले पर्सामा जारी निषेधाज्ञाको अवधि ८ दिन थप्ने आदेश गर्नु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको मंगलवार बसेको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरे पछि स्थानीय प्रशासनको तर्फबाट यस्तो आदेश जारी भएको हो ।  ।

 

यस अघि वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो ।


केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अधयक्षतामा बसेको बैठकले कोभिड १९ को  संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा उपयोगी भएको ठहर गर्दै चेन ब्रेक गर्न निषेधाज्ञा लम्ब्याउनुपर्ने निस्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय भएको हो ।


बैठकमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य कुमार ठाकुर, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अधयक्ष अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल लगायतको उपस्थिति  रहेको थियो । 

 

आज बसेको केन्द्रको बैठकले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा आपूर्ति नगर्न निर्देशन गरेको छ। उद्योगको अक्सिजनको उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ। यसैगरी, वीरगंज महानगरपालिकालाई सय शय्याको कोभिड अस्थायी विशेष अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ भने सय शय्याको आइसोलेशन सञ्चालनमा ल्याउन सुझाव दिइएको छ। परीक्ष्Fण दायरा बढाउन वीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब सङ्कलन केन्द्र स्थापना गरी स्वाब सङ्कलन गर्न र सोको परीक्ष्Fण नारायणी अस्पतालमा गराउने आग्रह गरिएको छ।

                नारायणी अस्पतालमा दुईजना कर्मचारीलाई सङ्क्रमितको उपचारमा खटाउन चार महीना अवधिको करारमा नियुक्त गर्न सिफारिश गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.