logo

नारायणी अस्पतालको आइसीयुमा भर्ना भएका बारा र सर्लाहीका एक/एकको मृत्यु

      4/28/2021 गते 00 00 मा प्रकाशित     500   पटक पढिएको


बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा रहेका दुई जना त दुई कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालको  आइसियू वार्डमा उपचाररत बारा र सर्लाहीका दुई जना सङ्क्रमितको १५ गते बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको सुर्वण नगरपालिका वडा नम्बर ७ निवासी ३० वर्षीय महिला रहेकी छन् ।


बैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना हुँदा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर प्रविधिबाट उनको परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।


कोरोना पुष्टि भए पश्चात उनलाई अस्पतालको कोभिड अईसियूमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा।राजरोशन दासले बताउनुभयो  । उनमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । निमोनियाका कारण श्वासप्रश्वासमा भएको समस्याका कारण उनको मृत्यु भएको डा. दासले बताउनु भयो  ।

 

त्यसैगरी सर्लाही जिल्लाको धनगढा नगरपालिका वडा नम्बर ४ निवासी ४३ वर्षीय पुरुषको पनि बुधबार नारायणी अस्पतालमा मृत्यु भएको छ । 

उनीहरु दुबैको बुधवार बिहान  श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. दासले बताउनु भयो । 

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका उनको एन्टीजेन परिक्षणमा कोरोना देखिएको थियो । पिसिआरका लागि स्वाब जम्मा गरीए पनि रिपोर्ट नआउँदै उनको मृत्यु भएको डा. दासले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.