logo

पर्सा जिल्लामा बैशाख १६ गते देखी २२ गते सम्मकालागि निषेधज्ञा गर्न डिसिसिएमसी को सिफारिश

      4/27/2021 गते 00 00 मा प्रकाशित     512   पटक पढिएको

पर्सा जिल्लामा बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजे सम्मकालागि निषेधज्ञा गर्न सिफारिश भएको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) यस्तो सफिारिश गरेको हो ।

पर्सा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै डिसिसिएमसीको मंगलवार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 
संक्रमितका साथै मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ । 

संक्रमणको दर उच्च रहेको पर्सामा कोरोना नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा डिसिसिएमसीको बैठक केन्द्रित थियो । नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्ने ब्यवस्था मिलाउन समेत (डिसिसिएमसी)ले खनुरोध गरेको छ  ।


तत्कालका लागि २ सय  शैय्याको कोभिड संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने (डिसिसिएमसी)ले निर्णय गरेको छ । बैठकले बिदेश बाट आएका नागरिकलाई कम्तिमा १० दन सम्म आइसोलेशनमा राख्ने कुराको ब्यवस्थापन गर्न स्थानीय तहलाई अपिल गरेको छ । 


बैठकले ठाकुरराम बहुमुखी क्याम्सलाई होल्डीङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगारनीमा संचालन गर्ने निर्णय भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.