logo

कोरोना भाइरसको संक्रमणबाट बीरगंजमा दुई महिलाको मृत्यु

      4/27/2021 गते 00 00 मा प्रकाशित     459   पटक पढिएको


कोरोना भाइरसको संक्रमणका कारण बीरगंज १४ गते बिहान दुई महिलाको मृत्यु भएको छ । बीरगंज महनगरपालिका वडा नं २५ निवासी ६५ वर्षिय र जीतपुर सीमरा उपमहानगरपालिका वडा नं २ की ४० वर्षिया महिलाको संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी  दिनु भयो  ।

 

बैशाख १३ गते एन्टिजेन बिधिबाट परिक्षण गर्दा ६५ वर्षिया महिलामा भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो । उनलाई उपचारकोलागि १३ गते नै अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहान ३ बजे उनको मृत्यु भएको डा. दासले जानकारी दिनु भयो । 

 

त्यस्तै  बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ४० बर्षीया महिलाको नारायणी पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

 

नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

 

संक्रमित महिलाको १४ गते बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताउनुभयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.