logo

सखुवा प्रसौनी गाउँपालिकाका नेता अन्सारीको कोरोनाको कारण निधन, कांग्रेसद्वारा दुःख ब्यक्त 

      3/29/2021 गते 00 00 मा प्रकाशित     649   पटक पढिएको

पर्सा जिल्लाका  नेपाली कांग्रेस महासमिति सदस्य साविर अन्सारीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 


पर्साको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनकटैया निवासी ४८ वर्षिय साबिर हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

 

फाल्गुन २२ गते वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा हुसैनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

एक हप्तासम्म वीरगञ्जको एडभान्स मेडिकेयर हस्पिटलमा उपचार गरेपनि कुनै सुधार नभएपनछ थप उपचारका लागी उहाालाई काठमाण्डौ रिफर गरिएको थियो ।

थप उपचारको क्रममा काठमाण्डौको पाटन हस्पिटलमा ०७७ चैत १६ गते दिउसो ३ बजेतिर हुसैनको निधन भएको नेपाली कांग्रेस पर्साका नेता जर्नादन सिंह क्षेत्रीले जानकारी दिनु भयो । 


अन्सारी गएको स्थानीय निर्वाचनमा सखुवा प्रसौनी गाउँपालिकामा गाउँपालिकाको अध्यक्षको प्रत्यासी रहनु भएको थियो  ।

 

शिष्ट शालिन र लोकप्रिय नेताको छवी बनाउनु भएका अन्सारीको दुःखद निधन प्रति नेपाली कांग्रेस पर्साले दुःख ब्यक्त गरेको छ । पार्टीले एक जना निष्ठावान कार्यकर्ता गुमाएको पर्सा जिल्ला बिकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका युवा नेता जनार्दन सिंह क्षेत्रीले बताउनु भयो । 

 

यसैवीच नेपाली कांग्रेस पर्सा बीरगंज महानगरपालिका  वडा नं.११ का सक्रिय सदस्य ज्योती विक्रम साहको पनि असामयिक निधन भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.