logo

पोखरिया अस्पतालमा औषधी तथा उपकरण अभाव , चार करोडको खोजी गर्दै जसपा नेता समानी धर्नामा

      3/21/2021 गते 00 00 मा प्रकाशित     699   पटक पढिएको

जसपाका केन्द्रीय सदस्य नेजामुदिन समानीको नेतृत्वमा पोखरिया नगरपालिकाको मुख्यद्वारामा ४ घण्टे धर्ना कार्यक्रम शुरु भएको छ । धर्ना माँग सम्बोधन  नहुदा सम्म भइरहने नेता समानीले बताउनु भएको छ  ।

 

प्रदेश नं २ को सरकारले अस्पतालको ब्यवस्थापन तथा संचालनमा ४ करोड रुपैया उपलब्ध गराएपनि त्यस अनुसारको काम नभएको बिरोधमा धर्ना शुरु गरिएको समानीले बताउनु भयो । प्रदेश सरकारले औषधी खरिद तथा उपकरण खरिदकालागि रकम दिएको थियो नेता समानीले भन्नु भयो “तर अहिले सम्म न त औषधी खरिद भयो नत उपकरण नै त्यसैले आन्दोलनमा उत्रिनु बाध्य भइयो । 

 


प्रदेश सरकारले पोखरीया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि समाजिक विकास मन्त्रालय मार्फत  भेन्टिलेटर मेसिन हस्तान्तरण , एम्बुलेन्स तथा शव बाहन खरिदको लागी ३१ लाख २५ हजार , डाक्टर, नर्स लगायत कोरोना लागेका बिरामीको उपचार तथा ब्यस्थापनको लागि ३७ लाखको साथै आवश्यक सामग्रीहरू पटक पटक पोखरिया नगर पालिका तथा अस्पताललाई उपलब्ध गराएको थियो ।

 


 प्रदेश २ सरकारले  ४ करोड रुपैया नगरपालिकामार्फत उपलब्ध गराएको थियो । प्रशुती सेवालाई ब्यवस्थित गर्न नसक्दा, चिकित्सक हुदा हुदै पनि  सेवाग्राहीले सेवा नपाउको उहाँले गुनासो गनुृ भयो । स्थानीय नागरिक  स्वास्थ्य बीमा गराए पनि औषधी उपचारबाट वञ्चित रहेको उहाँले बताउनु भयो  । नागरिकको आधारभूत स्वास्थ्यको अधिकारीलाई संविधानमा मौलीक अधिकारको रुपमा राखिएको छ ।

 

नागरिकलाई प्रारम्भिक उपचार दिने दायित्व स्थानीय सरकारको हो । तर स्वास्थ्य बिमा गराउदा समेत औषधी र उपचार नपाउनुले नगरपालिका नेतृत्वले नागरिक अधिकारको सम्मान गर्दैन भन्ने कुराको पुष्टि भएको नेता समानीले बताउनु भयो । 


अस्पतालमा धेरै सेवाहरु बन्द छन त्यसलाई संचालन गराउन नपरपालिका नेतृत्वले चासो नलिएको उहाँको आरोप रहेको छ । नगरप्रमुख दीप नारायण रौनीयारले फाल्गुण २९ गते सम्म औषधी तथा उपकरण खरिदको प्रक्रिया शुरु गर्ने आश्वासन दिए पनि सो अनुसारको नभएपछि धर्नामा उत्रिएको नेता समानीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.