logo

बारामा करेन्ट लागेर एक युवाको ज्यान गयो, गैर कानूनी रुपमा करेन्ट प्रवाह गरेको आरोपमा एक पक्राउ

      3/20/2021 गते 00 00 मा प्रकाशित     559   पटक पढिएको

बारामा करेन्ट लागेर ३० वर्षिय उपदेश चौधरीको ज्यान गएको छ । बिहान उठेर मकैबारीमा शौच गर्न गएका चौधरीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ । 

 बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर उनको ज्यान गएको हो । बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

 

मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेर करेन्ट प्रवाह गरेको दिपनारायणका परिवारले जनाएका छन् ।


घटनाको बारेमा वडाध्यक्ष मोहित चौधरीले  प्रहरीलाई जानकारी गराउनु भएको थियो ।  गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको अभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय , सिमराले जनाएको छ ।           

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.