logo

बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ चौधरीको निधन , पर्साले भरोसका केन्द्र शालीन तथा बौद्धिक ब्यक्ति गुमायो  

      3/3/2021 गते 00 00 मा प्रकाशित     959   पटक पढिएको

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीका पिता एवं पर्सा जिल्लाका एक जना बरिष्ठ राजनीतिज्ञ हेमनारायण चौधरीको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

 

उपचारको क्रममा बीरगंजको बयोधा अस्पतालमा उहाँको निधन भएको हो । उहाँमा श्वास प्रश्वासको समस्या रहेको थियो । 

पर्सा जिल्लामा बौद्धिक नेतृत्वको छवी बनाउनु भएका चौधरी थारु समुदायको निर्विकल्प र सर्वसम्मत अगुवा हुनुहुनथ्यो । उहाँ मृत्युवरण गर्दा समेत थारु कल्याणकारी सभाको पर्साको अध्यक्ष हुनुहुनथ्यो ।

 

रोगसंग लडदै भएपनि जीवनको अन्तिम क्षणसम्म गतिशिल रहनु भएका चौधरी जस्वनको उतराद्र्धमा भने नेपालको कम्युनिष्ट आन्दोलन संग जोडिनु भएको थियो । पंचायतकालमा पनि उहाँको परिवार राजनीतिमै सक्रिय थियो । शेरे पर्साको नामले चिनिएका पंचायतकालीन भूमीसुधार राज्यमंत्री चन्द्रदेव चौधरी उहाँको ठुलो दाई हुनुहुन्थ्यो । पर्सा जिल्लाबाट रसिया पुगेर उच्च शिक्षा ग्रहण गर्ने चौधरी पर्सा जिल्लाका पढेलेखेका मध्यमा पनि अग्रणी नै हुनुुहुन्थ्यो । 
थारु समुदायको उच्च भरोसा प्राप्त गर्नु भएका चौधरी पर्सा जिल्ला भित्रका थारु समुदायमा आइपर्ने जुनसुकै समस्याको हल निकाल्ने ब्यक्तिको रुपमा स्थापित हुनु भएको थियो ।

 

थारु मात्र हैन समाजका हरेक समुदायकोलागि आशा र भरोशाको केन्द्रको रुपमा स्व.चौधरीको छवी बनेको थियो ।

 

उहाँको अभाव छिटै पुरा नहुने नन्दकिशोर पंजियारले बताउनु भयो । हामीले अभिभावक गुमाएका छौ पंजियारले भन्नु भयो “उहाँहुदा सबै कुरा सजिलै गर्न सकिन्छ भन्ने लाग्थ्यो अव त्यो उत्प्रेरणा कसरी आउला खै । 

 राजनीतिमा शालिनता पूर्वक प्रस्तुत हुने चौधरीको निधनले पार्टीले एउटा भरोस योग्य अभिभावक गुमाउनु परेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो ।  


हेम नारायण चौधरीको अगुवाई र पहलकदमीमा पटेर्वा सुगौलीमा नेकपाले स्थानीय तहको निर्वाचन जीतेको थियो । अध्यक्ष हजराले उहाँको स्मरण गर्दै पार्टीमा उहाँको अभाव खडकिने बताउनु भयो । 


कुशल  समाजसेवीको रुपमा स्थापित स्व चौधरीको अन्तिम बिदाईमा आज देउरियामा उहाँको निवासमा पर्सा जिल्ला भरिका राजनीतक तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

 

त्यो सहभागिताले पनि समाजमा उहाँको छव कस्तो थियो भन्ने कुरा बुझन् सहज हुने पटेर्वा सुगौली गाउँपालिका वडा नं २ अध्यक्ष बिजय गैरे बताउनु भयो । राजनीतिक समाजिक सबैका सीमा भन्दा  पारि स्व .चौधरीलाई अन्तिम बिदाई गर्न सबैको सहभागिता रह्यो अध्यक्ष गैरेले भन्नु भयो उहाँको छवी र छाप कति सकारात्मक रहेको थियो भन्ने कुरा हामीले पनि बुझ्न पायौ । 


उहाँलाई अन्तिम बिदाई गर्न नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री , संबिधान सभाका सदस्य जय प्रकाश थारु ,राजकुमार गुप्ता , नेकपाका अध्यक्ष प्रभू हजरा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , जसपाका नेता मोहनलाल चौधरी नेकपा युवा नेता नन्दकिशोर पंजियार , महेश सिंह धामी लगायत पटेर्वा सुगौली तथा अन्य छिमेकी गाउँपालिकाका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । 


आज उहाँको देउरिया स्थित नदीमा परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । उहाँका तीन छोरा ह्रदय नारायण चौधरी पेशाले इन्जिनियर , हरिनारायण चौधरी पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष र राजकिशोर चौधरी हुनुहुन्छ । दुई छोरी रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.