logo

बिभिन्न प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ को अधिवेशन सम्पन्न, पत्रकार झा र नेपाल पुरस्कृत,मेयी सम्मानीत

      2/13/2021 गते 00 00 मा प्रकाशित     719   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ को दोश्रो, अधिवशेन  बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । बीरगंजको नगरसभागृहमा भएको अधिवेशनको बन्द सत्रले महासचिव किरण कर्णको सांगठानीक प्रतिवेदन परिमार्जन  सहित  र कोषाध्यक्ष प्रवीण साहको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

 

त्यसैगरि सदस्यताका सम्बन्धमा जिल्लाबाट सर्बसम्मत सिफारिश भई आएका निर्णयलाई अनुमोदन गरेको छ । त्यसैगरि सदस्यता बितरण र तथा नविकरणका बिषयमा परेका पूनरावलोकन उजुरीहरु स प्रमाण केन्द्रीय संगठन बिभागमा पठाउने निर्णय भएको बन्द सत्रका अध्यक्ष मण्डलका सदस्य अवधेश झाले जानकारी दिनु भयो । 


यस अघि नगरसभागृहमा दोश्रो अधिवेशनको उद्धघाटन समारोह भएको थियो । समारोहमा वक्ताहरुले नेपाली पत्रकारिता क्षेत्रले अहिले भोगेको समस्या र चुनौतीहरुको बारेमा चर्चा गरेका थिए ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ मुलुककै सबैभन्दा समावेशी चरित्रको नागरिक संगठन भएको चर्चा गर्दै यसको साझ चरित्रलाई कायम राख्नु पर्नेमा जोड दिनु भयो । उहाँले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा कसैसंग सम्झौता समेत नगर्ने बताउनु भयो । 


नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा  भएको उद्धघाटन समारोहमा   नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा , केन्द्रिय महासचिव रमेश बिस्ट , सचिब राम प्रसाद दाहाल , कोषाध्यक्ष राजेश मिश्र, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्गदेल , महासचिव अजयबाबू सिवाकोटी , प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेष , बीरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , उपमेयर सुश्री शान्ती कार्की , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव , भारतीय महावाणिज्य दूतावासका पोल्टिकल कन्सुलर शैलेन्द्र कुमार , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्यहरु देव कुमार यादव , शैलेन्द्र झा , अवधेध झा , जगदीश शर्मा , पुर्व केन्द्रिय सदस्य महेस दास,प्रेस पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , नेपाल फोटो पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष पंकज श्रेष्ठ , फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , प्रदेश न.२ का ८ वटै जिल्लाका जिल्ला अध्यक्ष श्याम बन्जरा, कमल उपाध्याय , रबिन्द्र साह , बिश्वनाथ ठाकुर , कमलेश मन्डल , अनिल मिश्र, दिनेश्वर गुप्ता र जितेन्द्र खड्गा लगायत प्रदेश न.२ का सम्पुर्ण पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


 नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष के.सी. लामिछानेले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन महासचिव किरण कुमार कर्णले गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रादेशिक   पत्रकारिता पुरस्कारबाट महासंघका पुर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, र पर्साका पुर्ब अध्यक्ष शत्रुधघ् नेपाल पुरस्कृत हुनु भएको छ ।


गत वर्षको यो पुरस्कार यसअघि नै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालाई दिने निर्णय गरिएको थियो । दुवै पुरस्कार आज वीरगञ्ज नगरसभागृहमा भएको नेपाल पत्रकार माहासंघ प्रदेश न. २ को दोश्रो साधारण सभामा प्रदान गरिएको सचिव आर.एन .बिश्वासले जानकारी दिनु भयो  ।

 


त्यसैगरि सभामा बीरगंजका होटेल ब्यवसायी हरि पन्त, सप्तरीको बरिष्ठ पत्रकार बैद्यनाथ झा, सिराहका चन्द्रदेव कामती, धनुषाका अजय यादव महोत्तरीका रविन्द्र उप्रेती सर्लाहीका रोशन न्यौपाने, रौतहटका बिनयलाल दास , बाराका रामेश्वर मेहता र पर्साका शेषमन पंडितलाई पनि सम्मान गरिएको थियो । 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.