logo

पत्रकार महासंघ प्रदेश दुईका  सात  शाखा अध्यक्षको अपिल त्रुटी नसच्चिए अधिवेशनमा सहभागी हुदैनौ

      2/6/2021 गते 00 00 मा प्रकाशित     611   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ ले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस गरेको भन्दै ७ वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।

शनिबार जनकपुरधाममा प्रदेश २ का ७ वटा जिल्ला शाखाका अध्यक्षहरुको भेलाबाट २ बुँदे निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रिय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याए फागुन १ गते हुने भनिएको प्रादेशिक साधारणसभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गर्ने एवं प्रदेश समितिको आगामी फागुन १ गते वीरगञ्जमा हुने दोश्रो अधिवेशन अगावै सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान नभए अधिवेशनमा आफूहरुको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका ७ वटा शाखाका अध्यक्षहरुको भेला पछि संयूक्तरुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले संयूक्तरुपमा हस्ताक्षर गरेका छन् ।

भेलाबाट भएको निर्णयहरु पत्र सहित नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अवधेश झा, प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, महासचिव किरण कर्णलाई समेत हस्तान्तरण गरी अविलम्ब सच्याउन माग गरिएको छ ।

यस अघि प्रेस संगठन नेपाल प्रदेश समिति र मधेशी पत्रकार समाज प्रदेश २ ले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि प्रदेश समितिका अध्यक्ष दीपेन्द्र चौहानले गरेको सिफारिशलाई स्वीकार गर्न नसकिने जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.