logo

मर्यादित पत्रकारिताको बिषयमा पर्सेली पत्रकार गम्भिर, आर्थिक तथा सांगठानीक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न

      2/2/2021 गते 00 00 मा प्रकाशित     534   पटक पढिएको

सागठानीक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नेपाल पत्रकार महासंघ पर्साको २४ औं साधारण सभा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको सधारण सभा बन्दसत्रमा महासघका सचिव युवराज खडका र कोषाध्यक्ष भूषण यादवले प्रस्तुत गरेको सांगठानीक तथा आर्थिक प्रतिवेदन उपरको छलफलमा पत्रकारहरुले सहभागिता जनाएका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको यो अधिवेशनको छलफल मर्यादित पत्रकारिता, पेशागत शुद्धता, पूर्वाग्रहरित कनटेन्टको उत्पादन बृति बिकास जस्ता बिषयमा केन्द्रीत भएको थियो ।

 

अरुलाई  प्रश्न उठाउने पत्रकारले आफनो बन्द सत्रमा आफनो नेतृत्वले गरेका कामको समिक्षा गर्दै कडि कडाउ प्रश्न उठाएका थिए । बन्द सत्रमा भएको शालिन र शिष्ट छलफल पछि दुबै प्रतिवेदनलाई सभाले पारित गरेको थियो । 


बन्द सत्र अघिको  उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सचिव रामप्रसाद दहालले वीरगंजको पत्रकारितामा धेरै परिर्वतन आएको वताउनु भयो ।

पत्रकारिताको स्वनियमकालागि बनाइएको आचार सहिता र पेशागत शुद्धताकालागि शुरु गरिएको शुद्धिकरणका कारण पर्सेली पत्रकारिताको आएको परिर्वतनको आफूले अनुभव गरेको बताउनु भयो । उहाँले पर्सेली पत्रकारित गलत ढंगले अगाडी बढे त्यसको असर देशभर नै पर्ने ठोकुवा गर्नु भयो  ।

 सचिव दहालले महासंघ अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जान लागेको जानकारी गराउनु भयो  । 

महासंघलाई ट्रेड युनियनमा लैजान समेत निर्णय गरेको जानकारी गराउदै उहाँले महासंघ ट्रेड युनियन संस्थाको रुपमा दर्ता भयो भने पत्रकारको श्रमको अधिकारको सम्मान हुने धारण राखे ।

सचिव दहालले सरकारले ल्याउन लागेको करोडौं जरिवाना र पत्रकारलाई जेल हाल्ने कानुन रोक्न महासंघ सफल भए पनि फेरी अध्याधेश मार्फत त्यस्तै कानुन ल्याउन सरकारले तयारी गरेको बाहिर चर्चा रहेका कारण त्यसलाई रोकन मानसिक रुपमा तयार रहन समेत आग्रह गरे । 

 

कार्यक्रमका  नेपाल पत्रकार महासंघकै सचिव शितल महतोले सभ्य र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नु भयो  । उहाँले तथ्यमा अधारित पत्रकारिता गर्न आग्रह गर्दै देश मै चिनाउने खाले वीरगंजको पत्रकारिता हुनु पर्ने सुझाउनु भयो  । 

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रा, प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, पूर्व अध्यक्ष अशोक तिवारी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का लगायतकाले शुभकामाना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन महासंघ पर्साका सचिव युवराज खड्काले गर्नु भएको थियो ।

स्व. गोपाल गिरी स्मृति पत्रकारित पुरस्कार यादव र केसरीलाई प्रदान 

उद्घाटन समारोह मै स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट वीरगंजका पत्रकार गया यादव र कन्हैयालाल केसरीलाई पुरस्कृत गरिएको थियो । नारायणी टुडे दैनिक पत्रिकाका सम्पादक यादव र गोरखा पत्र दैनिक पत्रिकाका पर्सा सम्वाददाता केसरीलाई नगद रु २५ हजारको चेक र सम्मान पत्रलले दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उद्घाटन समारोह मै महासङ्घ पर्साका पूर्व सभापति शंकर खतिवडा, शत्रुघ्न नेपाल, दिपेन्द्र चौहान, अशोक तिवारी, के.सी. लामिछाने, वरिष्ठ पत्रकार जगदिश शर्मा, शितल महतो, महेश दासलगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.