logo

सिराहको दुरवीनडाडाको समुदाय प्रदेश २ मै पहिलो खानेपानीयुक्त समुदायको रुपमा घोषित

      1/31/2021 गते 00 00 मा प्रकाशित     712   पटक पढिएको

सिराह जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १३को ४२ घरको दुरवीन डाँडाको समुदायलाई पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।

 

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१३ को ४२ घरको दुरवीनडाँडा समुदायलाई गाग्रीको पानी करुवामा सारेर गिलासबाट पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो  । दुरवीनडाँडा समुदाय प्रदेश २ को पहिलो सुरक्षीत खानेपानीयुक्त समुदायको रुपमा घोषित भएको हो । 

खुलादिसामुक्त  घोषणापछि अब फेरी प्रदेश नं. २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ । 


घोषणा सभामा वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो भने बालबालिकाहरुले नेपाली राष्ट्रियता झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

घोषणा सभा दुरवीन डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री इन्द्रमान तामाङको अध्यक्षतामा भएको थियो । 


खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानीलाई बिध्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्‍याङकी  मार्फत ४२ धरधुरीलाई खानेपानी वितरण भईरहेको छ  ।  

२ सय ३१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् । यो योजना युनिसेफ नेपाल, वेलायत सरकार, धनगढीमाई नगरपालिका र समुदायको साझेदारीमा २०७५ साल  चैत्रमा सम्पन्न भएको हो  ।


सोही अवसरमा दुरबीनडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि युनिसेफले पानी परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । समितिले सोही किटको माध्यमबाट खानेपानीको गुणस्तर जाँच गरी सुरक्षित खानेपानी मात्र वितरण गर्नेछ ।  


कार्यक्रमका अतिथिहरुलाई परम्परागत ब्याचको सठ्ठामा पीपलको पातको ब्याच बनाइ वितरण गरिएको कार्य पनि अनुकरणीय रहेको थियो । 


सुरक्षित खानेपानी योजना भनेको के हो?


गाउँ पालिका वा नगरपालिकाका त्यस्ता समुदाय वा बस्तीहरुलाई जहाँका वासिन्दाहरूले आफ्नै घरआँगनमा जडिएका धारामार्फत् ९पानी संकलन गर्न ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा समेत०, जुनसुकै बेला स्वच्छ र सुरक्षित ९विशेष गरी स्वास्थलाई प्रत्यक्ष असर गर्ने हानीकारक तत्व जस्तै इ–कोली र आर्सेनिकका नेपाल सरकारले तोकेका सघनन् मापदण्ड भित्र भएका  खानेपानीको सुविधा उपभोग गरिरहेका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।  स्रोतः सुरक्षित खानेपानीयुक्त समुदाय निर्देशिका० पाइप प्रणाली नभएको अवस्थामा भने संरक्षित पानीका स्रोत ९इनार, कुवा, ट्युबवेल आदि० बाट प्राप्त पानीलाई घरायसी प्रविधिबाट शुद्धीकरण गरी पानी उपभोग गर्ने गरेका वासिन्दा भएका बस्तीलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।
 


   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.