logo

प्रदेशभरि कोरोना बिरुद्धको खोप अभियान शुभारम्भ, फ्रन्टलाइन वारियर्सको मुख्यमंत्री राउतले गर्नु भयो प्रशंसा

      1/27/2021 गते 00 00 मा प्रकाशित     538   पटक पढिएको

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताउनु भएको छ । कोरोना बिरुद्धको खोप अभियानको बीरगंजमा शुभारम्भ गर्दै मुख्यमंत्री  राउतले यस्तो बताउनु भएको हो । उहाँले सरोरकारवाला सबैको सहयोगमा प्रदेशमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नसकिएको बताउनु भयो । 

वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै मुख्यमंत्री राउतले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले सुरक्षकर्मी सफाईकर्मी तथा संचारकर्मीले प्रर्दशन गरेको हिम्मतको प्रशंसा गर्नु भयो ।


 पहिलो चरणमा स्वास्थ्य तथा सफाईकर्मीलाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक बिजय झाले जानकारी दिनु भयो । 

कोभिड–१९ विरुद्धको खोप अभियानको प्रदेश नं २ का ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ । पर्सामा नारायणी अस्पताल वीरगञ्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल,सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहाको सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो । ५ दिनभित्र सबै फ्रन्टलाइनरलाई खोप लगाइसक्ने योजना छ ।

संघीय सरकारले प्रदेश २ मा ३४ हजार ८ सय ४ थान खोप पठाएको छ । पर्सामा ४ हजार ९ सय ७१, बारामा २ हजार ३ सय ९५, रौतहटमा ३ हजार ६ सय ९, सर्लाहीमा ४ हजार ७ सय ७२, महोत्तरीमा २ हजार १ सय ९१, धनुषामा ९ हजार १ सय ८२, सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ७५ थान खोप पठाईएको खोप अभियानका प्रदेश २ संयोजक डा। मदन उपाध्यायले जानकारी दिए ।

 


प्रदेश  २ मा पहिलो पटक ०७६ चैतको अन्तिममा कोरोना संक्रमित फेला परेका थिए  । उनीहरुको उपचार नारायणी अस्पतालमा भएको थियो । उनीहरुको उपचारमा संलग्न अस्पतालमा कार्यरत स्टाफ नर्स  अहेमा थापालाई खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौँस्थित टेकु अस्पतालमा खोप अभियान कार्यक्रमको शुभारम्भ गरेपछि देशभारी पहिलो चरणमा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई खोप दिन थालिएको हो । 

खोप अभियान कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ मा पनि एकजना स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियानको सुरुवात गरिएको छ ।


नारायणी अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. संजय ठाकुरले बताउनु भयो । 
कार्यक्रममा  पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो ।

 

वीरगञ्जमा खोप कार्यक्रमको उद्घाटन भएसँगै प्रदेश नम्बर २ का अन्य जिल्लाहरुमा पनि खोप लगाउँन सुरु गरिएको छ । नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.