logo

वीरगन्ज महानगरपालिकाद्वारा घण्टाघरदेखि पावरहाउस चौकसम्मको सडक निर्माण शुरु 

      1/15/2021 गते 00 00 मा प्रकाशित     584   पटक पढिएको

वीरगन्जको घण्टाघर चोक देखि पावरहाउस चोक सम्मको  मुख्य सडक मर्मत सम्भारको काम आज देखि शुरु गरिएको छ । घण्टाघर देपख पावर हाउस चोक सम्म बाँया पट्टीको कालोपत्रे सडक ठाँउ ठाँउमा उप्किएर खाल्डा खुल्डी पर्दा सवारीसाधन र यात्रुलाइ सास्ती भएको गुनासो आएपछि महानगरपालिकाले आज देखि उक्त सडकको मर्मत सम्भारको काम  शुरु गरेको हो ।

पुरानो कालोपत्रे उप्क्याएर त्यसको ठाँउमा नयाँ कालो पत्रे गर्न थालिएको हो । १ हजार ८ सय लम्बाइ रहेको उक्त सडक मर्मत र कालोपत्रेको ठेक्का सिद्धबाबा समा जेभि कन्ट्रक्सनले २ करोड ३ लाख रुपैयामा सकारेको छ । निर्माण कम्पनी र महानगरपालिका बिच भएको सम्झौतामा सडक मर्मत सम्भार र कालोपत्रेको काम , सम्झौता भएको दिन देखि ४५ दिन भित्र सक्नु पर्ने उल्लेख रहेको महानगरपालिकाका इन्जिनियर राकेश साहले जानकारी दिनुभयो ।

नगर प्रमुख विजय कुमार सरावगीले  अहिले घण्टाघरदेखि पावरहाउस सम्मको कालोपत्रे सडक पुरै उप्काएर नयाँ निर्माण गर्न थालिएको  बताउनुभयो ।महानगरको मुख्य सडकहरु जीर्ण भएर सवारी साधन चलाउन समेत समस्या भइरहेको अवस्थामा जीर्ण सडकहरुको मर्मत सम्भारका लागि महानगरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख सरावगीले बताउनु भयो ।

उहाँले सडक विभागको सडक निर्माण सम्बन्धी मापदण्ड अनुसार नै काम गर्नुपर्ने भएकोले सानातिना खाल्डाखुल्डीको काममा महानगरपालिकालाई नीतिगत समस्या भएकोले जीर्ण सडकको मर्मत सभ्मारमा केहि ढिला हुन पुगेको बताउनुभयो । कतिपय स्थानमा सघन सहरी विकास आयोजनको काम भईरहेकोले बाँकी महानगरपालिकाले गर्नुपर्ने मर्मत सम्भारका लागि काम शुरु गरिएको नगरप्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.