logo

बीरगंजसिटी डटकमको समाचार भेदभावपूर्ण,पित पत्रकारिता गरेकोले काउन्सिलले राख्यो कालोसूचीमा 

      12/31/2020 गते 00 00 मा प्रकाशित     1780   पटक पढिएको

पित पत्रकारिता गर्ने बीरगंजसिटी डट कमलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी थप कारवाही अगाढि बढाउने भएको छ ।

 

बीरगंजबाट अपलोड हुने बीरगंजसिटी डटकमले पत्रकारिताको सिद्धान्त, मूल्य मान्यताको बर्खिलाप हुने गरि नाजायज समाचार  प्रकाशन गरेको र त्यसलाई सच्याउन काउन्सिलले दिएको  निर्देश अवज्ञा गरेपछि काउन्सिलले कारवाही गरेको हो । 


बिघठीत प्रतिनिधि सभाका सदस्य प्रदीप यादवका स्वकीय सचिव निखिल वरनवालले संचालन गरेको बीरगंजसिटी डटकमले ०७७ जेठ २९ गते इसीमाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेका बिरुद्ध तथ्यहिन समाचार प्रकाशन गरेको थियो । 


लामिछानेले बीरगंजसिटी डटकमको सो समाचारको खण्डन प्रकाशनकालागि अपिल गरेकोमा सुनवाई नगरेपछि प्रेस काउन्सिल नेपालमा उजुरी गर्नु भएको थियो । 


बीरगंजसिटी डटकमले प्रकाशन गरेको समाचारलाई प्रेस काउन्सिल नेपालले सन्तुलनरहित र र अविश्वसनीय ठहर गरेको छ । बीरगंजसिटी डटकमले सम्प्रेषीत गरेको समाग्री सन्तुलनरहित,पेशागत मर्यादा, बिपरित,भेदभावपूर्ण एवं अविश्वसनीय देखिएको भन्दै काउन्सिलले क्षमा माग्न निर्देशन दिएको छ । तर बीरगंज सिटी डटकमले न्याको शासनको बर्खिलाप गर्दै आमसंचार जगतको न्यायलयको रुपमा रहेको काउन्सिलको निर्देशनलाई अवज्ञा गरेको छ । 


काउन्सिलको निर्देशनको अवज्ञा पछि काउन्सिलले बीरगंजसिटी डटकमलाई असत्य समाचार प्रकाशन गर्ने र कानूनी शासनको बर्खिलाप गरेर अराजकता प्रर्दशन गरेपछि कालो सूचीमा राख्ने र त्यसलाई संचारमाध्यम मार्फत सार्वजनीक गर्ने निर्णय गरेको छ । 


सम्पादक लामिछानेले काउन्सिलको निर्णयले आफूलाई न्याय मिलेको बताउनु भएको छ । उहाँले पत्रकारिताको आधारभूत सिद्धान्तको पालना गर्ने धर्मबाट बिचलित हुनेहरु ढिलो चाडो दण्डको दायरामा आउने कुरा कारवाहीले देखाएको बताउनु भयो । 


सम्पादक लामिछानेले पत्रकारिता पेशा जिम्मेवार र जवाफदेहीपूर्ण पेशा भएको बताउनु भयो । उहाँले आफू बिरुद्ध समाचार लेख्ने र लेख्न लगाउनेहरुका बिरुद्ध लेख्ने प्रशस्त ठाउ हुदा हुदै पनि आफूले पत्रकारिताको सिद्धान्तको पालना गरेको बताउनु भयो ।

 

 बीरगंजसिटी डटकमका बिरुद्ध धारा प्रवाह लेखेर काउन्टर दिन सक्ने अवस्था थियो  सम्पादक लामिछानेले भन्नु भयो “संचारकर्मको मर्म नबुझ्ने एउटा अनलाइनले मलाई जे आरोप लगाएको थियो त्यो आरोपका बिषयमा न्यायीक निकायले नै फैसला गरोस भनेर उसका बिरुद्ध केही लेखिएन न्यायीक बाहेक अन्य कुनै प्रतिकार गरिएन ”।

 

सम्पादक लामिछानेले ब्यक्तिगत कुरा लेखेर इज्जत प्रतिष्ठासंग खेल्ने हो भने दिनको एउटा समाचार लेख्न सकिने बताउदै संयता र धर्यताको धेरै परिक्षण नलिन समेत उहाँले सचेत गराउनु भएको छ ।

 
बीरगंज  सिटी डटकमका सम्पादक प्रकाशक निखिल बरनवाल बिघठीत संसदका सदस्य प्रदीप यादवका स्वकीय सचिव हुन । बिधि निर्माणको ठाउमा रहेका ब्यक्तिको सहयोगीले कानूनको पालना नगरि न्यायीक निकायको निर्देशनको अवज्ञा गर्नुलाई भने अराजक हर्कतको रुपमा हेर्न थालिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.