logo

ओझेलमा परेको पर्सागढीलाई प्रचार प्रसार र संरक्षण गर्न सरोकारवालाहरुको जोड

      12/20/2020 गते 00 00 मा प्रकाशित     691   पटक पढिएको

वीरगन्ज । अंग्रेजको फौजलाई पराजित गरी विजय प्राप्त गरेको पर्साको ऐतिहासिक स्थल पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको चासो र चिन्ता हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । पर्सागढी नगरपालिकाको सहयोगमा होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटन पत्रकार संघ र नेपाली सेनाको चण्डी प्रसाद गणले (शनिबार) हिजो संयुक्त रुपमा आयोजना गरेको पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमणका क्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।


पर्सागढी नगरपालिकाको वडा नम्बर ६ स्थित जिंगनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङले सार्वजनिक सम्पक्तिहरु राष्ट्रको आयस्रोत भएकोले ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धनमा सबैपक्षले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक सम्पत्ति कसैले अतिक्रमण गरेको या हडपेका छन् भने त्यस्ता सम्पक्ति राज्यको नाममा ल्याउन र अतिक्रमण गर्ने जोसुकै र जस्तोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाली सेना चण्डी प्रसाद गण वीरगन्जका प्रमुख सेनानी मदनजंग राणाले पूर्खाले अंग्रेजहरुसँग लडेर विजय प्राप्त गरेको ऐतिहासिक स्थालहरुलाई संरक्षण समेत गर्न सकिएन भने आउने पुस्ताले सराप्ने भन्दै ऐतिहासिक स्थलहरुको संरक्षण र विकासका लागि नेपाली सेनाले पनि पहल गरिरहेको बताउनुभयो ।
/assets/kcfinder/upload/files/IMG_20201219_125423.jpg
कार्यक्रममा पर्सागढीका प्रमुख लोकनाराययण यादवले इतिहासको वर्णन गर्दै विसं १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सिमानामा आएर विश्राम गरी पहिलो जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जीत चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिंघाई खोलामा बाँध बाँधेर साँझको समयमा सयौंको सङ्ख्यामा राँगा, गोरु, गाई, भैंसीको सिंहमा मसाल बाँधेर दुवै खोलामा तैराउँदा रातको समय अङ्ग्रेजी बटालियनले हजारौं नेपाली सेना आउँदै छन् भन्ने ठानेर डराएर भागेको र त्यसपछि ब्रिटिश सेनाले गोरुहरूमाथि आक्रमण गरी आफ्नो हतियार सिद्धाएपछि गोर्खाली सेना र गाउँले मिलेर स्थानीय हातहतियारले ब्रिटिश सेनामाथि विजय प्राप्त गरेको बताउनुभयो ।

विजय प्राप्ता गरेको गढीहरु मध्यको एउटा ऐतिहासिक ठाउँ भएकोले आगामी पुस १९ गते पर्सागढीमा विजयोत्सव मनाउने नगरपालिकाले निर्णय गरेको जानकारी दिनुभयो । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपमेयर अर्चना चौधरी, प्रमुख प्राशकीय अधिकृत सालिकराम ढकाल, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, होटल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष वृजमोहन चौधरीले स्वागत गरेको कार्यक्रममा पर्सागढी नगरपालिकाका वडा अध्यक्षहरु लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नीरज पिठाकोटेले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.