logo

जेष्ठनागरिकलाई दृष्टिबिहिन भएर बाँच्नु पर्ने अवस्था आउन दिन हुदैनः प्रमुख सरावगी

      12/18/2020 गते 00 00 मा प्रकाशित     565   पटक पढिएको

  बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले उमेर पुगेका जेष्ठ नागरिकलाई उपचार अभावमा दृष्टिबिहिन भएर बस्ने अवस्था आउन दिन नहुने बताउनु भएको छ ।

 

ठोरी गाउँपालिकाको वडा नं ५ को सुवर्णपुरमा निशुल्क आँखा शिबिरको उद्धघाटन गर्दै प्रमुख सरावगीले जीवनको अन्त्यतीर आँखाको ज्योतीको अभावमा समस्यामा रहनु भएका नागरिकलाई दृष्टि दिन आफूले अभियान प्रारमभ गरेको बताउनु भयो ।

 

उहाँले मोतिबिन्दुको अप्रेशनको यो अभियानलाई राजनीतिक लाभहानीको आधारमा नभई बिशुद्ध मानवीय सेवाको रुपमा लिइदिन समेत अग्रह गर्नु भयो । 

 बीरगंज महानगर पालिकाका मेयर बिजय सरावगीको ब्याक्तिगत आर्थिक सहयोगमा सम्पन्न शिविरमा ठोरी र जीराभवानी गाउँ पालिकाका ३ सय  जनाले आँखा जाँच गराएका छ्न । जाँच गराउने मध्ये १ सय जनामा मोतिबिन्दुको समस्या रहेको र उनीहरुको निशुल्क अपरेसन गरिने  माट्रीका आइ फाउन्डेसनका संयोजक मशेसिंह धामीले बताउनु भयो  ।

 


माट्रीका आइ फाउन्डेसन बीरगंजका महेश सिंह धामी  सहितको टोलीले आँखा जाँच गरेका हुन । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ्नो पिताले पनि यस किसिमका सामाजिक सेवा गर्दै आएको स्मरण गर्दै आफुले पनि त्यसैको निरन्तरता स्वरुप शिविर संचालन गरेको बताउनु भयो ।

 


जसपा ठोरीका संयोजक राम बहादुर पाख्रीनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जसपाका पर्सा जिल्ला उपाध्यक्ष जरी लामाले स्वागत मन्तव्य राख्नु भएको थियो । युवा नेता चन्द्र नेवारले सहजीकरण गर्नु भएको कार्यक्रमका बिशिस्ट अतिथिहरुमा जसपा का केन्द्रिय सदस्य मोहनलाल चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सी. लामिछाने, माट्रीका आई फाउन्डेसनका संचालक महेश सिंह धामी, ठोरी ५ का वडाध्यक्ष राम बहादुर पाख्रीन, युवा नेता बिमल प्रधान लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.