logo

आफूबाट नजन्मिएपछि अर्काको बच्चा चोरियो

      2/5/2017 गते 00 00 मा प्रकाशित     1143   पटक पढिएको

 

वीरगञ्ज, २३ माघ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाकी आशादेवी पासवानको हराएको नवजात शिशु आइतबार फेला परेको छ । शुक्रबार बिहान नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगञ्जमा पौने ११ बजे आशादेवीले जन्माएकी शिशु दुई घण्टा नबित्दै पाउ“दै अस्पतालको बेडबाटै चोरी भएको थियो । पर्सा प्रहरीले पर्साको बेल्वा गाविस वडा नम्बर ९ मिलनचोकबाट शिशु सहित शिशु चोरी गर्ने २२ वर्षिया लालसा देवीलाई आईतबार दिउँसो पक्रेको हो ।

 

लालसा देविले शुक्रबार बच्चा लिएर वीरगञ्ज–१४ श्रीपुरमा रहेको कृषि औजार कारखाना नजिक रहेको सानीमाको छोराको डेरामा राखेको र भोलिपल्टै बेल्वा स्थित माईतीमा गएको बुझिएको प्रहरी श्रोतले बताएको छ । विवाह गरेको पाँच वर्षसम्म जायजन्म नभएपछि पर्सा, वेलवा मिलनचोक–९ कि लालसदेवीमा बच्चा चोरी गरेरै पाल्ने अभीप्सा पैदा भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । पाँच वर्ष पहिले भिश्वामा विवाह भएको लालसाको बच्चा नभएको कारण उनले बच्चा चोरी गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आईतबार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले ५ वर्ष अगाडि विवाह भएकी लालसा देविको बच्चा नभएकोले बच्चाको चाहना पुरा गर्नकै लागि बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

 

घटनामा अन्यको संलग्ता रहे नरहेको बारेमा खोजी भईरहेको पर्सा प्रहरीले बताएको छ । दोषि महिलालाई कानुन बमोजिक कडा कारबाही हुने मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका डिआईजी पशुपति उपाध्यायले बताए । उनले भने अपरिचित मानिसहरु आउँदा हामीकहाँ वेवास्ता गर्ने चलन छ, सोधपुछ गर्ने गर्नुपर्छ, यस्तो घटना अस्पतालमा मात्रै होईन घरमै पनि घट्न सक्छ यस्ता घटना नदोहोरियोस भनेर सचेत बन्नुपर्छ । आईतबार बिहान श्रीपुरका एक व्याक्तिले सुचना दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरिक्षक गोविन्द कुमार साह र प्रहरी नायव उपरिक्षक जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालसा देवीकी सानीमाको छोरालाई पक्रेर सोधपुछ गरेपछि लालसाले बच्चा चोरी गरेको रहस्य खुल्न आएको थियो । यसअघि अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाउ“लेहरुले दुई दिन सम्म अस्पतालमा प्रदर्शन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.