logo

भरतपुर अस्पतालको ओपिडी सेवा बिस्तार हुने, नारायणी उपक्षेत्रीय अस्पतालको कहिले ?

      2/2/2017 गते 00 00 मा प्रकाशित     1002   पटक पढिएको

 

वीरगन्ज - चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको बिहीबार बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो ।
    

स्वास्थ्य मन्त्रालयले मुलुकभरकै अस्पताललाई ओपडी सेवा ९ बजेदेखि ४ बजेसम्म बढाउने परिपत्र गरेपनि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले टेर पुच्छर लगाएका छैनन् । अहिलेपनि उनीहरु विहान साढे १० बजे अस्पताल आएर १२ नबज्दै ओपडी बन्द गर्दै आएका छन् । दिउसो १ बजे अस्पतालबाट बाहिरिएपनि चिकित्सकहरु १२ नबज्दै ओपडी छाडेर अस्पतालको मिटिङ्ग हलमा बसेर चिया खादै गफ गरिरहेका भेटिन्छन् । स्थानीय प्रशासन, नागरिक समाज र यहाका राजनीतिक दलले निगरानी नबढाउदा चिकित्सकहरुले अस्पतालमा मनपरी गरेको गुनासो बढ्दो छ ।

 

मध्य मधेसको एकमात्र उपक्षेत्रीय अस्पताल नारायणीमा पर्सा, वारा, रौतहट, सर्लाही सम्मका विरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको ओपडी कक्षमा मुश्किलले १ घन्टा बस्ने चिकित्सक नीजि अस्पताल र क्लिनकममा भने ५÷६ घन्टा सम्म विरामी जा“च गर्छन् । अधिकार र पहिचानको नाममा चर्को आन्दोलन गर्ने नेताहरुले गरिब जनताको सेवाका लागि खुलेका अस्पतालमा चिकित्सक नबस्दा केही बोल्दैनन् । सस्तोमा उपचार पाउने उद्देश्यले सरकारी अस्पतालमा आएका विरामी डाक्टर नभेट्दा बाध्य भएर नीजि क्लिनिकमा पुग्ने गरेका छन् ।

 

छिमेकी जिल्ला चितवनमा स्वास्थ्य क्षेत्रका अनियमितता सुधारका लागि स्थानीय प्रशासनले बेला बेला निगरानी र छापामारी गर्दै आएको छ । पर्साको प्रशासन प्रमुख केशवराज घिमिरे जिल्ला प्रमुख भएर आएको झन्डै ३ वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि स्वास्थ्य क्षेत्रको विसंगति र विकृत्ति हटाउन पहल समेत नगरेको पर्सेली जनताको गुनासो छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.