logo

विश्व कुष्ठ रोग दिवसको अवसरमा विभिन्न कार्यक्रम

      1/29/2017 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

 

वीरगञ्ज, १६ माघ । ६४ औैं विश्व कुष्ठ रोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आइतबार वीरगञ्जमा चेतना मुलक ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जको घण्टाघरबाट निस्किएको ¥यालीले समयमै कुष्ठ रोगको उपचार गरौं, अपाङ्गता हुनबाट बचाउ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । ¥याली पछि नारायणी उपक्षेत्रीय अस्पतालमा आयोजित चेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै क्षयकुष्ठ अधिकृत शम्भु यादवले जिल्लामा १ सय २२ जना कुष्ठ रोगी मध्ये ७५ जनामा सर्नै र ४७ जनामा नसर्ने रहेको जानकारी दिए ।

 

साथै उहाँले जिल्लाका ३५ गाविस कुष्ठ रोग मुक्त रहेको जानकारी दिनुभयो । उनले आयआर्जन कम भएका कुष्ठ रोगीका परिवारलाई ३० हजार रुपैया लगानी गरी आयआर्जनमा उत्प्रेरित गरी खानपानमा ध्यान दिन जोड दिने गरेको समेत बताए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानका उपचार गराई रहेका ५ जना कुष्ठरोग प्रभावितलाई सम्मान समेत गरिएको थियो ।

 

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सचितानन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्ररंजन साह, कुष्ठ रोग अपांग संघ पर्साका अध्यक्ष शम्भु पासवान, जनास्वास्थ्य निरिक्षक बालकुष्ण यादव, कुष्ठ रोग नेपालका शकलानन्द श्रेष्ठले कुष्ठ रोगको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.