कलैया, ११ माघ । बाराको कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने र उत्तरझिटकैयालाई कलैयामै यथावत राख्नु पर्ने माग गर्दै कलैयामा मंगलबार विरोध जुलुश प्रदर्शन गरिएको छ । कलैयामा रहेको श्री तीन चन्द्र उच्च माध्यमिक विद्यालय परिसरबाट उद्योग वाणिज्य संघ बाराका अध्यक्ष विनोद साहको नेतृत्वमा निस्किएको जुलुस कलैया बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन गरिएको थियो ।
जुलुसमा सहभागीहरुले कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर, अवैज्ञानिक स्थानीय तह पुर्नसंरचनाको खाका खारेज गर, उत्तर झिटकैयालाई कलैयामै यथावत राख भन्ने नारा लगाएका थिए । कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने माग गर्दै उद्योग वाणिज्य संघ बाराले शुरु गरेको रिले अनसन मंगलबार छैठौं दिन पनि जारी रह्यो छ । कलैयाको भरत चोकमा संघले पुष ६ गते देखि शुरु गरेको रिले अनसनमा जिल्लामा कृयाशील राजनीतिक दलहरु पनि सहभागी हँदै आएका छन् ।
तपाईको प्रतिक्रिया